शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

सामाजिक उत्तरदायित्व कोषको रकम खेलकुद क्षेत्रमा लगाउन माग

शुक्रबार, ०५ जेठ २०८०, १० : ००
शुक्रबार, ०५ जेठ २०८०

काठमाडौँ । नेपाल सुपर लिगले सामाजिक उत्तरदायित्व कोषको रकम खेलकुद क्षेत्रको विकासमा खर्च गरिनु पर्ने माग सरकारसँग गरेको छ । नेपाल सुपर लिगकी अध्यक्ष आश्रयता कार्की चौधरीले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेकी हुन् ।

प्रधानमन्त्रीसँग अध्यक्ष चौधरीले सामाजिक उत्तरदायित्व कोषको रकम प्रयोग हुन सके खेलकुद क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने बताइन् । प्रधानमन्त्री दाहालले पनि खेलकुद क्षेत्रको विकासका लागि सामाजिक उत्तरदायित्व कोषको रकम खर्च गर्ने आश्वास दिएको चौधरीले बताइन् ।

प्रधानमन्त्री दाहालसँगको भेटमा चौधरीले नेपाल सुपर लिगले नेपाली खेल क्षेत्रमा निजी क्षेत्रलाई जोड्दै खेल र खेलाडीका लागि आवश्यक लगानी भित्राउने प्रयास  गरिरहेको जानकारी पनि गराइन् । उक्त अवसरमा नेपाल सुपर लिगका प्रबन्धक निर्देशक श्रीयान्स कार्की र प्रमुख कार्यकारी अधिकृत सुदिप शर्माको पनि उपस्थिति रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप