नेविसंघका अध्यक्ष शेर्पाद्वारा गणतन्त्र दिवस मनाउन ७७ वटै जिल्ला समितिलाई परिपत्र

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले गणतन्त्र दिवस बनाउन ७७ जिल्ला कमिटीलाई परिपत्र गरेको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले शुक्रबार जेष्ठ १५ गते १६ औं गणतन्त्र दिवस बनाउन सबै जिल्ला कमिटीलाई परिपत्र गरेका हुन् ।
साथै नेविसंघका सम्पूर्ण मातहतका क्याम्पस समितिहरूले सम्बन्धित जिल्ला समितिसँग समन्वयन गरी कार्यक्रमहरू आयोजना गर्नु परिपत्र भनिएको छ ।
उपत्यकाको हकमा विश्वविद्यालय समिति, क्याम्पस इकाई र स्ववियुसँग समन्वयन गरी प्रभावकारी कार्यक्रमहरू गरी गणतन्त्र दिवस मनाउन अध्यक्षले जारी गरेको परिपत्रमा उल्लेख छ ।
गणतन्त्र दिवस अन्तर विद्यालय र अन्तर कलेज क्याम्पस स्तरीय हाजिरजवाफ प्रतियोगिता योजना गर्न अध्यक्ष शेर्पाको निर्देशन छ । यस्तै संघीय लोकतान्त्रिक गणतन्त्रसँग सम्बन्धित विषयक अन्तर विद्यालय र अन्तर कलेज वादविवाद तथा वक्तृत्वकला कार्यक्रम आयोजना गर्ने परिपत्रमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैशाख २ गते बोडेका २८ वर्षीय सुजनले तेस्रोपटक जिब्रो छेडेर जात्रा चलाउने
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना