आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

प्रथम गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा लुम्बिनी प्रदेशले लियाे अग्रता

शुक्रबार, ०५ जेठ २०८०, ०७ : ३७
शुक्रबार, ०५ जेठ २०८०

बारा । बाराको निजगढमा सुरु भएको प्रथम गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण जित्दै लुम्बिनीले अग्रता लिएको छ ।  विहीबार भएको पहिलो दिनको खेलमा तीन स्वर्ण र एक रजत पदक जित्दै लुम्बिनीले अग्रता लिएको हो ।

लुम्बिनीका लागि ४६ केजी तौल समूहमा रुपा बुढाथोकी, ४८ केजीमा जस्मिन चौधरी र ५८ केजीमा नवराज बस्नेतले स्वर्ण पदक जितेका हुन् । बुढाथोकीले कोशीकी रिशिका भुजेल र चौधरीले मधेस प्रदेशका निश्चल धामी र बस्नेतले बागमतीका सुरेश होङ लिम्बुलाई फाइनल खेलमा पराजित गरेका थिए ।

यता पहिलो दिनको खेल सम्पन्न हुँदा मधेस प्रदेश दोस्रो स्थानमा देखिएको छ । मधेस प्रदेशले दुई स्वर्ण, दुई रजत र तीन कास्य पदक जित्दै लुम्बिनीलाई पछ्याइरहेको छ । मधेस प्रदेशका लागि ४० केजी तौलम समूूहमा नदिम हुसेन र ४३ केजीमा सिद्धार्थ प्रजापतीले स्वर्ण पदक जितेका हुन् । हुसेनले लुम्बिनीका निशेष केजी र प्रजापतीले सुदूरपश्चिमका विकाश चौधरीलाई फाइनल भिडन्तमा पराजित गरेका हुन् ।

पदक तालिकाको तेस्रो स्थानमा रहेको बागमती प्रदेशले एक स्वर्ण, एक रजत र दुई कास्य जितेको छ । बागमतीका लागि ४३ केजी तौल समूहमा सदीक्षा कार्कीले स्वर्ण दिलाएकी हुन् । उनले कोशीकी सारा नेम्वाङलाई पराजित गर्दै स्वर्ण हात पारेकी हुन् ।

एक स्वर्ण र दुई कास्य पदक जितेको कर्णाली पदक तालिकामा चौथो, कोशी पाँचौ र सूदुरपश्चिम छैठौं स्थानमा छ । कर्णालीका लागि ४० केजी तौलम समूहमा ललिता बुढाले कर्णालीलाई स्वर्ण दिलाएकी हुन् । उनले मधेस प्रदेशकी खुशी ठाकुरलाई पराजित गर्दै स्वर्ण हात पारेकी हुन् ।

प्रतियोगिताको पहिलो दिन सात वटा तौल समूहको खेल सम्पन्न भएको छ । प्रतियोगितामा नेपालको ६ वटा प्रदेश, भारत, बंगलादेशका खेलाडी सहभागी छन् ।

यस्तो छ पदक तालिकाः
महिलाः ४० केजी
ललिता बुढा– कर्णाली– स्वर्ण
खुशी ठाकुर– मधेस– रजत
आरती बिष्ट– सुदूरपश्चिम– कास्य

महिलाः ४३ केजी
सदीक्षा कार्की – बागमती – स्वर्ण
सारा नेम्वाङ – कोशी – रजत
सुलोचना चौधरी – कर्णाली – कास्य
सलिना यादव – मधेश – कास्य

महिलाः ४६ केजी
रुपा बुढाथोकी – लुम्बिनी – स्वर्ण
रिशिका भुजेल – कोशी – रजत
दिया रजक – बागमती – कास्य
एलिसा अर्जेल – मधेस – कास्य

पुरुषः ४० केजी
नदिम हुसेन– मधेस – स्वर्ण
निशेष केसी – लुम्बिनी– रजत

पुरुषः ४३ केजी
सिद्धार्थ प्रजापति – मधेस – स्वर्ण
विकाश चौधरी– सुदूरपश्चिम – रजत
राहुन होङ लिम्बु –बागमती – कास्य

पुरुषः ४८ केजी
जस्मीन चौधरी – लुम्बिनी – स्वर्ण
निश्चल धामी – मधेस – रजत
निशान्त प्याकुरेल – कर्णाली – कास्य
सुशन थापा – कोशी – कास्य

पुरुषः ५८ केजी
नवराज बस्नेत – लुम्बिनी– स्वर्ण
सुरेश होङ लिम्बु – बागमती – रजत
करण साह बानिया – मधेस – कास्य
सुरज मगर – कोशी – कास्य

मधेस प्रदेश तेक्वान्दो संघको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन गढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख यादवले तेक्वान्दो प्रतियोगिताका लागि निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा नेपाल तेक्वान्दो महासंघका केन्द्रीय महासचिव दीपराज गुरुङ, नेपाल सितेरियो कराँते महासंघका केन्द्रीय अध्यक्ष युवराज लामा, निजगढ नगरपालिकाका पूर्व नगरप्रमुख सुरेशकुमार खनाल, पूर्व उपप्रमुख लिलादेवी लामिछाने खनाल लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा निजगढ नगरपालिका, गढीमाई नगरपालिकाका नगर प्रमुख यादव, निजगढ नगरपालिकाका पूर्व नगर प्रमुख खनाल, पूर्व उपप्रमुख खनाललाई सम्मान गरिएको थियो । प्रतियोगिता सम्पन्न गर्न दुई स्थानीय तहका वर्तमान र पूर्व जनप्रतिनिधिको भूमिका अहम रहेको भन्दै संघले सम्मान गरेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप