बास नेपालद्वारा प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र

सिरहा । बास– नेपाल सिरहा शाखाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएको छ । सो शाखाले भ्रष्टाचार नियन्त्रणको माग गर्दै सिरहाका सहायक सिडियोमार्फत प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हो ।
बास– नेपाल सिराहा शाखाका अध्यक्ष गोबिन्दराज विष्टको नेतृत्वमा गएको भ्रष्टाचार विरोधी अभियन्ताहरुको टोलीले जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलमार्फत बढदो भ्रष्टाचार, महँगी र बेथितिलाई नियन्त्रण गर्न माग गर्दै प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएका थिए ।
प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ– ‘नेपालको विकासको मुख्य बाधक तत्व भ्रष्टाचार र भ्रष्टाचारी हुन् । वर्तमान सरकारले भ्रष्टाचार र भ्रष्टाचारीको विरुद्ध चालेको कदमले अगामी दिनमा भ्रष्टाचार न्युनीकरण हुनेमा आम नागरिकले विश्वास लिएका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एस्टन भिल्ला च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा
-
राजावादी सक्रीय भएपछि माधव नेपालको पार्टीले गर्यो सङ्घर्ष गर्ने निर्णय
-
नेपालका १२५ भाषाको लेखन सहजताका लागि एउटै ‘फन्ट’ निर्माण
-
विराट गोल्डकपको उपाधि थ्रीस्टारलाई
-
फराकिलो जित निकाल्दै च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुग्यो आर्सनल
-
बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग