अर्थतन्त्रको सुधारका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार छ : उद्योगमन्त्री रिजाल
बिहीबार, ०४ जेठ २०८०, २० : १९

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले वर्तमान अर्थतन्त्रको समस्याको दीर्घकालीन समाधान गर्न निजी क्षेत्र र सरकारबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।
बिहीबार काठमाडौँमा उद्योग वाणिज्य महासंघले आयोजना गरेको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान प्रतिवेदन सार्वजनिक करण एवं छलफल कार्यक्रममा बोल्दै मन्त्री रिजालले व्यापार व्यवसायमा आएको संकुचनको कारण राजश्व संकलनमा समस्या उत्पन्न भएको बताए । सरकार निजी क्षेत्रसँग सहकार्य गर्न निरन्तर तत्पर रहेको उनले बताए । आगामी बजेटमा निजी क्षेत्रका समस्या सम्बोधन गर्ने गरी ल्याउने उनले बताए ।
मन्त्री रिजालले निजी क्षेत्रले उठाएको मर्यादा क्रमको मागमा सरकार गम्भीर रहेको पनि बताए। सरकार रोजगारी सिर्जना,राजश्व संकलनको कमी लगायतका विषयमा संवेदनशील रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र स्थायित्व र सुशासन दिन सक्छ : प्रचण्ड
-
मुसामा पनि भेटियो बर्ड फ्लू
-
खुला लन टेनिसमा प्रदीपको ह्याट्रिक
-
टिजरमा यस्तो देखियो हरिवंश अभिनीत फिल्म ‘भूठान’
-
एकीकृत समाजवादीमा निराशा, हतासा, अन्योल र पलायनको समस्या
-
एलन मस्क एक्समा एक दिनमै १५४ वटा पोष्ट गर्न कसरी भ्याउँछन् ?