हराएका २३ वटा दुई पाङग्रे सवारी साधन भेटिए, ट्राफिक प्रहरीद्वारा धनीलाई हस्तान्तरण

काठमाडौँ । विभिन्न मितिमा हराएका २३ वटा दुई पाङग्रे सवारी साधन भेटिएका छन् । ट्राफिक प्रहरीले बिहीबार ती सवारीसाधन धनीलाई हस्तान्तरण गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले १२ वटा मोटरसाइकल र ११ वटा स्कुटर धनीलाई हस्तान्तरण गरे । ।
योसँगै चालु आर्थिक वर्षमा ४ सय २७ वटा सवारी साधन ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाए छ । चालु आर्थिक वर्षमै ३० वटा चोरीका २ पाङ्ग्रे सवारी साधनसहित चोरीमा संलग्न ३४ जनालाई आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको पनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले सम्पूर्णलाई अनुरोध गरे ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ र नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्नुका साथै नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागि भएनन् पुर्णबहादुर र गगन
-
भ्यानले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
-
सरकारले भन्यो, ‘फास्ट ट्र्याकबाट विद्यालय शिक्षा विधेयक ल्याउँछौँ, शिक्षकहरु काममा फर्कनुस्’
-
कालिगण्डकी डाइभर्सनबारे सर्वोच्च अदालतले के भन्यो ? (पूर्णपाठ)
-
विवाह बन्धनमा बाँधिँदै पूर्वमिस नेपाल अश्मी
-
वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवको अपिल