अनशनरत सांसद गौतमको अवस्था नाजुक बन्दै, माग पुरा नभएसम्म स्लाइन पानी नचढाउने अडान

काठमाडौँ । कांग्रेस सांसद सञ्जयकुमार गौतम ६ दिनदेखि आमरण अनशनमा छन् । बर्दियाको जब्दीघाटको पुलमुनी १५ बुँदे माग राखेर वैशाख ३० गतेदेखि सांसद गौतमको अनशन जारी छ ।
बुधबारबाट गौतमको स्वास्थ्य अवस्थामा असर देखिन थालेको चिकित्सकले बताएका छन् । बर्दिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुभाष पाण्डेयले गौतमको शरीरमा पानीको मात्रा घट्न थालेको बताए ।
स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि प्रमुख जिल्ला अधिकारी नारायण रिसाल, प्रहरी उपरीक्षक सुदीप शाहीलगायत चिकित्सकको टोली अनशनस्थल पुगेका थिए । तर सांसद गौतमले माग पूरा नभएसम्म स्लाइन पानी नचढाउने अडानमा राखे ।
सांसद गौतमको शारीरिक अवस्था जटिल हुँदै गएपनि सरकारले बेवास्ता गरेको कांग्रेस प्रदेश सांसद भुवनेश्वर चौधरीको आरोप छ । यस्तै सांसद गौतमले सरकार र पार्टीका नेताहरुले आफ्नो माग सम्बोधनमा चासो नदेखाएको रातोपाटीलाई बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सांसद गौतमलाई अनशन स्थगित गर्न अपिल गरिएको बताए ।
उनले रातोपाटीसँग भने, ‘नयाँ पुलको हामीले १० दिनभित्र टेन्डर गर्छौ भनेका छौं । हाम्रोतर्फबाट सबै कुरा अगाडि बढाइसकेका छौं ।’
सांसद गौतमसँग भने अनशन स्थगित गर्न व्यक्तिगत रुपमा कुनै कुराकानी भएको मन्त्री ज्वालाले बताए । ‘हाम्रोतर्फबाट काम अगाडि बढिसकेको छ । अब उहाँलाई अनशन स्थगित गर्न अपिल गरेका छौं,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगमा चेल्सी विजयी
-
काठमाडौंमा ‘डिजिटल अपराधसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन’ हुने, प्रधानमन्त्री ओलीले उदघाटन गर्ने
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा