कञ्चनपुरका आरक्ष पीडितहरु सांसद भेट्न काठमाडौँमा

काठमाडौँ । कञ्चनपुरका आरक्ष पीडितले सांसदहरूसँग भेट गरेका छन् । बिहीबार संसद् भवन पुगेर आरक्ष पीडितको टोलीले सांसदहरू भेटेर समस्या समाधानका लागि आवाज उठाइदिन ध्यानाकर्षण गराएको हो ।
तत्कालीन शाही शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा २०५८ सालमा विस्थापित भएका पीडितको अझै पुनर्स्थापना भएको छैन । राज्यले ३२ वटा आयोग बनाउँदा पनि पीडितले क्षतिपूर्ति तथा मुआब्जा पाएका छैनन् ।
राज्यको ध्यानाकर्षण गराउन अध्यक्ष कर्णबहादुर चन्दको नेतृत्वमा १० सदस्यीय आरक्ष पीडित संघर्ष समितिको टोली बुधबार काठमाडौँ आएको थियो ।
टोलीले बिहीबार कञ्चनपुरबाट प्रतिनिधित्व गर्ने कांग्रेस सांसद एवं प्रमुख सचेतक रमेश लेखक, एमाले सांसद तारा लामा तामाङसँग भेट गरेको छ । सचिव प्रेमदत्त भट्टका अनुसार उनीहरुले समस्या समाधानका लागि सदनमा आवाज उठाउने र सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
सांसद लेखकले एक दुई दिनमा वनमन्त्री पनि नियुक्त हुन लागेको भन्दै समस्या समाधान गरेर जानुबाहेक अरु विकल्प नभएको बताए । कञ्चनपुरका सबै सांसद मिलेर यो विषयलाई निष्कर्षमा पुर्याउन आफू तयार रहेको उनको भनाइ थियो । ‘तपाईँको पीडा थाहा छ । समाधान गर्न कोसिस गर्छौं । एक दुई दिनमा मन्त्री बन्छ । त्यसपछि हामी तीनै जना सांसद तपाईहरुसहित मन्त्रीसँग बसेर कुरा गरौला,’ उनले भने ।
तामाङले पनि यो विषयलाई सदनमा जोडदाररुपमा उठाउने बताए ।
पीडितहरुले माओवादी सांसद माधव सापकोटासँग भेट गरेका छन् । सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गराएर समस्या समाधानको लागि प्रयास गर्ने प्रतिबद्धता जनाएको संघर्ष समितिका सचिव भट्टले जानकारी दिए ।
पीडितहरुले अब आयोग बनाउनेभन्दा पनि समस्या समाधान गरेर सदाका लागि टुंग्याउन माग गरेका थिए ।
अध्यक्ष चन्दले पीडितले जग्गा नै चाहेको र प्रतिपरिवार १० कट्टा जग्गा दिनुपर्ने अघिल्लो आयोगको सिफारिस कार्यान्वयन हुनुपर्ने माग गरे । जग्गा दिन नसके प्रतिपरिवार ६० लाख दिने सिफारिस गरिएको र त्यसलाई कार्यान्वयनमा लानुपर्ने उनीहरुले माग राखेका थिए ।
पीडितहरुले शुक्रबार परराष्ट्रमन्त्री तथा कञ्चनपुर २ का सांसद एनपी साउद, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, एमाले सचेतक महेश बर्तौला, राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीसँग भेट्ने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगार विभागमा महानिर्देशकदेखि निर्देशकसम्म हेरफेर
-
सुदूर अन्तरिक्षको ग्रहमा भेटियो जीवनको आशालाग्दो संकेत
-
सुनको भाउले फेरि बनायो नयाँ कीर्तिमान
-
एसईई दिएका विद्यार्थीहरूका लागि माइन्डराइजर्स इन्स्टिच्युट अफ टेक्नोलोजीले ल्यायो विशेष अफर
-
हेटौँडामा सैलुनलाई एसी दिने तोकादेश, मेयर लामाको आलोचना
-
कोशीका पूर्वमन्त्री खत्रीले गरे अन्तरजातीय विवाह, भोजमा हुने खर्च वृद्धाश्रमलाई