श्रीलङ्काका पूर्वप्रधानमन्त्री राजपाक्षमाथिको यात्रा प्रतिबन्ध हट्यो

कोलम्बो । श्रीलङ्काको एक अदालतले पूर्वप्रधानमन्त्री महिन्दा राजपाक्षमाथि लगाइएको विदेश यात्राको प्रतिबन्ध खारेज गरेको छ । लङ्कन समाचार संस्था न्युज फरूटका अनुसार पूर्वप्रधानमन्त्री राजपाक्षसँगै सांसद रोहिता अबेगुनावर्देना, मन्त्री पवित्र वान्नियारच्ची र पूर्व प्रान्तीय परिषद् सदस्य कञ्चना जयरत्नेविरुद्धको यात्रा प्रतिबन्ध फोर्ट मजिस्ट्रेट अदालतले बुधबार हटाएको हो ।
गत वर्षको मे ९ मा कोलम्बोमा सरकारविरुद्ध भएको शान्तिपूर्ण विरोध प्रदर्शनमा घातक हमला गराएको अभियोगको अनुसन्धानलाई दृष्टिगत गरी राजपाक्षसहित अन्य व्यक्तिमाथि विदेशयात्राको प्रतिबन्ध लगाइएको थियो । अदालतको आदेश अध्यागमन अधिकारीसमक्ष पुर्याउने निर्देशन पनि न्यायालयले गरेको छ । सांसद मिलन जयथिलाकेसहित अन्य दुई जनामाथिको यात्रा प्रतिबन्धलाई भने अदालतले निरन्तरता दिएको छ । उक्त मुद्दाको सुनुवाई भने पर सारिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एमएडब्लु इभी कार्निभल’ हुँदै
-
एनसेल उत्कृष्ट बहुराष्ट्रिय कम्पनीको रूपमा सम्मानित
-
संघीय समपूरक र विशेष अनुदानका लागि न्यून प्रस्ताव पेस, माग गर्ने समयावधि थप
-
तस्बिरमा हेर्नुहोस् नेपाल मजदुर किसान पार्टीको ८ औँ महाधिवेशन
-
सुख्खा बन्दरगाहका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा छिट्टै दिइने
-
मुलुक बनाउने परिस्थिति निर्माण नहुँदा समस्या भयो : महासचिव पोखरेल