‘यस वर्ष किसानले समयमै मल र बिउ पाउँछन्’
बिहीबार, ०४ जेठ २०८०, १३ : ५५

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस वर्ष किसानहरूलाई सरकारले समयमै मल र बिउ उपलब्ध गराउने बताएका छन् । बिहीबार प्रतिनिधिसभामा सांसद अनितादेवीले किसानहरूले बर्सेनि मल र बीउ अभाव झेल्नुपरेको भन्दै यसबारे सरकारले के सोचिरहेको छ भनेर गरेको प्रश्नमा प्रधानमन्त्रीले यस्तो जवाफ दिएका हुन् ।
‘मल र बीउ अभाव हुन नदिन मैले कृषि मन्त्रालयलाई निर्देशन दिइसकेको छु र प्रक्रिया पनि अघि बढिसकेको छ’, प्रधानमन्त्रीको जवाफ छ । त्यस्तै प्रधानमन्त्रीले रासायनिक मल अभाव हुन नदिन मल कारखाना खोल्न अध्ययन भइरहेको भन्दै मल खरिद सम्झौता भइसकेको जानकारी दिए । उनले बजेटमा कृषि र उत्पादनमा उच्च प्राथमिकता दिने समेत जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रका ११ जना एसएसपीको सरुवा, इन्टेलिजेन्स ब्युरोमा खड्का
-
सशस्त्र प्रहरीका १२ जना डीआईजीको सरुवा, ६ प्रदेशका प्रमुख फेरिए
-
राज्य विरुद्धको कसुरमा संलग्न १६ जनाको बयान पुरा, प्रसाईँलाई सोध्ने प्रश्न तयार गरिँदै
-
पहलगाम हमला : अब नेपाल पनि सचेत रहनुपर्ने वेला आयो
-
मोदीको कडा भाषणः अब आतंककारीहरूको बाँकी धर्ती ध्वस्त पार्ने समय आएको छ
-
भारतद्वारा पाकिस्तानीलाई मेडिकल भिसा पनि बन्द