प्रधानमन्त्रीलाई प्रश्न सोध्ने सांसद धेरै भएपछि नियमावलीको नियम ‘निलम्बन’

काठमाडौँ । प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न सोध्ने सांसद संख्या धेरै भएपछि प्रतिनिधिसभा नियमावली २०७९ को नियम ५६ को उपनियम ५ एकदिनका लागि निलम्बन गरिएको छ । सो उपनियममा प्रधानमन्त्रीलाई एक दिनको बैठकमा बढीमा १५ जनाले मात्र प्रश्न सोध्न पाउने व्यवस्था रहेकोले विशेष परिस्थिका कारण आजको एउटा बैठकका लागि मात्रै प्रतिनिधि सभाले सो नियम निलम्बन गरेको हो ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रतिनिधि सभा नियमावली २०७९ को नियम ५६ को उपनियम ५ निलम्बनको प्रस्ताव गरेका थिए । एमालेका सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियारले सो नियम निलम्बनको समर्थन गरेका थिए । सो नियम निलम्बनको प्रस्ताव सभाले सर्वसम्मतले पारित गरेपछि प्रधामन्त्रीसँग प्रश्नोत्तर
कार्यक्रम सुरु भएको छ । साना दल तथा स्वतन्त्र सांसदहरुले समेत प्रश्न सोध्न पाउनुपर्ने माग गरेपछि प्रश्न सोध्ने सांसद संख्या धेरै भएपछि नियमावलीको नियम एकदिनका लागि सभाले निलम्बन गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सदर चिडियाखानाको जनावर ‘रेस्क्यु’ टोली नेपालभर सक्रिय
-
नेपाल र अफगानिस्तानबिच निर्णायक खेल आज, जित्ने टोली सिधै विश्वकपमा
-
प्रेमिकालाई घुम्न जान रोक्न बमको हल्ला, १९ वर्षीय प्रेमीलाई जेल सजाय
-
शर्मिला बर्देवाको लोक कोसेली 'कश्मीरे गम्छा' सार्वजनिक
-
स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ धेरै वर्षा
-
महाकालीको बार आज कुन राशिलाई कति फलदायी ?