कानुन, न्याय तथा मानव अधिकार समितिको आन्तरिक कार्यविधि पारित

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत रहेको कानुन,न्याय तथा मानवअधिकार समितिले आन्तरिक कार्यविधि पारित गरेको छ । बिहीबार बिहान सिंहदरबारमा बसेको समितिको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक समितिमा दफावार छलफल गर्ने कि त्यसबारेमा उपसमिति बनाएर अघि बढाउने भन्ने बारेमा छलफल भएको थियो ।
नेपाली कांग्रेसका सांसद एवं समिति सदस्य रामहरि खतिवडाले आजको बैठकमा आन्तरिक कार्यविधि पारित गर्ने काम भएको जानकारी दिए । उनले भने– ‘यस्तै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगको विधेयक समितिमा ल्याउनुको औचित्यमाथि प्रस्ट पार्नुभयो । यसलाई समितिमा दफावार छलफल गरेर अघि बढ्ने कि उपसमिति गठन गरेर टुङ्ग्याउने भन्नेबारेमा कुरा भए पनि निर्णय भएन । यसका लागि फेरी भोलिका लागि बैठक राखिएको छ ।’
यो विधेयकका साथै सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयकलाई समितिमा दफावार छलफल गरेर अघि बढाउने वा उपसमिति बनाउने भन्नेबारेमा निर्णय हुने खतिवडाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वडाध्यक्षलाई कार्यवाहक दिने निर्णय कार्यान्वयन नगर्न उच्चको आदेश
-
शिक्षक महासंघले शिक्षा मन्त्रालयलाई बुझायो ध्यानाकर्षण पत्र
-
बजेट तयारी-छलफल : उत्पादन र रोजगारी वृद्धि गर्ने गरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन
-
धरानको जङ्गलमा भेटिएकी महिलाको पहिचान खुल्यो, घटना शंकास्पद
-
नेकपा एस कोशी प्रदेशको अध्यक्षमा सरिता खड्का सर्वसम्मत
-
तस्बिरमा हेर्नुहोस् वर्षा पछि खुलेको काठमाडौँको आकाश