जबराको मुद्दामा सर्वोच्चले माग्यो बहस नोट

काठमाडौँ । सर्वोच्च अदालतले तत्कालीन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोग फुकुवासम्बन्धी विवादमा बहस नोट माग गर्ने आदेश गरेको छ ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले आज दुवै पक्षको बहसपछि फैसला लागि बहस नोट माग गर्ने आदेश गरेको हो ।
महाभियोग लागेर निलम्बन भएपछि अवकाश पाउनुअघि संसद्बाट फुकुवा भएको पत्र प्राप्त गर्नुभएका राणाको मुद्दामा दुवै पक्षसँग बहस नोट माग गर्ने आदेश भएको हो ।
गत फागुन १ गते सर्वोच्चको प्रधानन्यायाधीश रहेका राणामाथि तत्कालीन सत्तारुढ दलले महाभियोग दर्ता गरेको थियो । महाभियोग दर्ता भएलगत्तै निलम्बनमा राणाले अवकाश प्राप्त गरेपछि पनि उक्त विवाद निष्कषमा पुग्न सकेको छैन ।
गत मङ्सिर १ गते सङ्घीय संसद्का महासचिव भरतप्रसाद गौतमले महाभियोग फुकुवा भएको पत्र राणालाई लेख्नुभएको थियो । त्यस पत्रविरुद्ध वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यलगायतले संवैधानिक इजलासमा संसद्को महासचिवले महाभियोग फुकुवा भएको निर्णय गर्न नसक्ने उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । सोही विवादमा बुधबार बहस नोट माग गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेशम पक्राउपछि महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले भन्यो - सर्वसत्तावादी हैकमवादको खुलेर विरोध गरौँ
-
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा गर्बुजा नियुक्त
-
भावी बजेट : कृषि कटौतीको अर्थ के ?
-
बोलेर नभइ कामले नतिजा देखाउनुपर्छ : उपप्रधानमन्त्री सिंह
-
'सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्नुपर्छ'
-
भारत भर्सेस पाकिस्तान : कसको सेना कति बलियो छ?