कमल थापा टेनिसको सेमिफाइनलमा प्रवेश
बुधबार, ०३ जेठ २०८०, १९ : ५२
![कमल थापा टेनिसको सेमिफाइनलमा प्रवेश](https://npcdn.ratopati.com/media/news/t_0Ax3wgP5cK.jpg)
काठमाडौँ । दार्जिलिङमा जारी टेनिस प्रतियोगितामा नेपालका कमल थापा र झ्याम्पा धोण्डुप फाइनल प्रवेश गरेका छन् ।
बुधबार भएको वर्ल्ड टेनिस मास्टर्स एमटीमा थापा र धोण्डुपले भारतका आशिष सेन र नरेश भिजलाई ६-४ र ६-२ को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन् ।
प्रतियोगितामा भारत, नेपाल, भुटानलगायत देशका सयभन्दा बढी खेलाडिहरुको सहभागिता रहेको जनाइएको छ ।
यस्तै बुधबार नै भएको सिङ्गल तर्फको प्रतिस्पर्धामा कमल थापाले भारतका उदय माथुरलाई क्वार्टर फाइनलमा ६-२ र ६-२ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन्।