बंगलादेशमा थप गरिबी थपिँदै
ढाका । कोभिड–१९ महामारीका कारण सन् २०२२ मा ५१ प्रतिशत गरिब जनता थप गरिबीमा धकेलिएको बङ्गलादेशको अग्रणी थिङ्क ट्याङ्कले बुधबार जनाएको छ ।
बङ्गलादेशको स्वायत्त बहु–अनुशासनात्मक सार्वजनिक अनुसन्धान संस्था बङ्गलादेश इन्स्टिच्युट अफ डेभलपमेन्ट स्टडिज (बीआईडीएस) ले गरेको एक सर्वेक्षणअनुसार बङ्गलादेशको राजधानी ढाकाजस्तो सहरमा पनि सहरी दीर्घकालीन गरिबी अझै पनि उल्लेखनीय स्तरमा छ ।
बिड्सले बुधबार ढाकामा आयोजित बिड्स रिसर्च अल्मानेक–२०२३ मा उक्त जानकारी दिएको हो ।
बिड्सका महानिर्देशक विनायक सेनले विकासलाई दिगो बनाउन जनताको संवेदनशीलतालाई ध्यानमा राख्नुपर्ने बताए । कोभिड–१९ को महामारीले मुलुकको अर्थतन्त्रमा पारेको असरका कारण नयाँ सामाजिक वर्गको उदय भइरहेको प्रमाणले देखाएको उनले बताए ।
उनले सहरी जनसङ्ख्याको करिब एक दशांस भाग यही वर्गमा पर्ने बताए । यसअघि विज्ञहरूले बङ्गलादेशले गरिबी निवारणमा ५० वर्ष पुग्दा हासिल गरेको सफलता पनि महामारीका बेला कम्तीमा दुई करोड मानिस गरिबीको रेखामुनि झरेकाले गुमेको बताएका थिए ।
रुस–युक्रेन द्वन्द्वकाबीच महामारी र अत्यावश्यक वस्तुको मूल्यवृद्धिका कारण अनौपचारिक रोजगारीमा संलग्न चार करोड मानिसको ठूलो हिस्साले रोजगारी गुमाएको उनीहरूले बताएका छन् ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भैसीपाटी हनिट्राप : जिल्ला अदालतमा हाजिर भइन् शाही, बयानपछि थुनछेक हुने
-
आफूलाई भन्दा बढी बिरालोलाई माया गरेपछि श्रीमानविरुद्ध अदालत गइन् महिला
-
त्रिवि सभाको अनौपचारिक बैठकमा भएन कुनै निर्णय
-
वरुण धवनको 'बेबी जोन' को अग्रिम बुकिङ सुरु, सलमान खानको क्यामियो
-
ओली सरकारको कार्यशैलीप्रति कांग्रेसभित्र चुलियो असन्तुष्टि
-
पुष्पा २ लाई टक्कर देला विजय सेतुपतिको विदुथलई २ ले ?