साहित्यिक पत्रकारिता पुरस्कार स्थापनाको लागि दवाव
बुधबार, ०३ जेठ २०८०, १७ : ४५
काठमाडौँ । नेपाल साहित्यिक पत्रकार संघले साहित्यिक पत्रकारिता पुरस्कार स्थापनाको लागि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईलाई ज्ञापन पत्र बुझाएको छ ।
संघका केन्द्रीय अध्यक्ष मोहन दुवालको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले ज्ञापनपत्र बुझाएको हो । सो अवसरमा ज्ञापन पत्र बुझ्दै कुलपति राईले नेपाली भाषा र मातृभाषामा गरी दुईवटा राष्ट्रिय साहित्यिक पत्रकारिता पुरस्कारको स्थापना गर्न तत्पर रहेको बताए ।
साथै, साहित्यिक पत्रिकालाई प्रदान गर्दै आएको वार्षिक अनुदानलाई निरन्तरता दिने र विधिवत रूपमा दर्ता भइ सञ्चालनमा रहेका साहित्यिक अनलाइन पत्रिकालाई समेत समेट्न प्रयत्नरत रहेको बताए ।
सो अवसरमा प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभा, सदस्य सचिव डा धनप्रसाद सुवेदी तथा प्राज्ञ परिषद्का सदस्यहरुको पनि उपस्थिति रहेको थियोे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’
-
आज पनि भएन नेपाल एयरलाइन्सका पाइलटसँग सहमति
-
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै