स्मार्टफोन रेड्मी १० अब छुट मूल्यमा

काठमाडौँ । शाओमीले रेडमी १० (२०२२) नेपाली प्रयोगकर्ताहरूका लागि जेठ २ देखि जेठ १७ सम्मको सिमित अवधिका लागि छुट मूल्यमा उपलब्ध गराउने भएको छ । आफ्ना उपभोक्ताहरुलाई सुपथ मुल्यमा गुणस्तरीय फोनको अनुभव प्रदान गर्ने उद्देश्यले रेडमी १० मा अफर ल्याएको कम्पनीको भनाइ छ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले भने, “ग्राहकहरूले सुपथ मूल्यमा उच्च–गुणस्तरको स्मार्टफोनहरू चाहेको कुरा हामीले राम्रोसँग बुझेका छौं । हामी विश्वस्त छौं कि रेडमी १० २०२२ को प्रभावशाली सुविधाहरू र कार्यसम्पादनका साथ ग्राहकको अपेक्षाहरू पूरा गर्न गर्नेछ ।”
रेडमी १० (२०२२) ४जीबी + ६४ जीबी को वास्तविक मूल्य रु २०,४९९ रहेको छ । यस्तै छुट पछि यसको मूल्य रु १९,९९९ कायम गरिएको कम्पनीको भनाइ छ । रेडमी १० (२०२२) ६जीबी +१२६ जीबी को वास्तविक मूल्य रु २३,९९९ रहेकामा छुटपछि मूल्य रु २२,९९९ पर्ने कम्पनीको भनाइ छ ।
यो फोन देशभरका सबै अधिकृत स्टोरहरू, आधिकारिक खुद्रा विक्रेताहरू र इ–कमर्स प्लेटफर्महरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नो देशको क्रिकेट बोर्डभन्दा धनी छन् न्युजिल्यान्डका यी खेलाडी !
-
२०८२ सालमा व्रतबन्धको साइत ८ दिन मात्र, विवाहको कति ?
-
अपर म्याग्दी–१ को बाँध निर्माण सुरु
-
प्रकृति लम्साल मृत्यु प्रकरणमा सभामुखले समय नदिएकोमा जनार्दन शर्माको असन्तुष्टि
-
१२ घण्टा काम गर्ने दबाबका कारण बैङ्कको जागिर छाड्ने प्रवृत्ति बढ्यो : पूर्व कार्यकारी निर्देशक थापा
-
जीमेल तथा सामाजिक सञ्जालमा तपाईंको पासवर्ड कति बलियो छ ? यी हुन् सबैभन्दा कमजोर पासवर्ड