राप्रपाकाे निर्णय
नेता र कर्मचारीको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय स्वतन्त्र नागरिक आयोग गठन गर्न राप्रपाको माग
बुधबार, ०३ जेठ २०८०, १६ : १७

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उच्चस्तरीय स्वतन्त्र नागरिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ । आज सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले २०४६ पछि उच्च पदस्थ राजनीतिक लाभका पदमा रहेका तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न त्यस्तो आयोग गठनका लागि माग गरेको हो ।
बैठकले किसानलाई तत्काल मल, बिउ सर्वसुलभ उपलब्ध गराउन पनि सरकारसँग माग गरेको छ ।
यस्तै, विभिन्न वित्तीय संस्थाहरुले सर्वसाधारणबाट चर्को ब्याजदर असुलेका कारण पीडितहरूले सडक संघर्ष गर्नुपर्ने बाध्यतादेखि नागरिकहरुले आत्मदाह गर्ने पीडादायी क्षण देखेको/भोगेको भन्दै बैठकले पीडितहरुलाई न्यायका लागि तत्काल ऋणको ब्याजदर घटाउन सरकारसँग माग गरेको छ ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा जेठ १ देखि काठमाडौँमा चलेको बैठक आज सम्पन्न भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध गुजरातको शानदार जित, बट्लरको विष्फोटक ब्याटिङ्
-
‘मिर्गी’ रोग पीडित बालिकाको उपचारका लागि ६८ लाखभन्दा बढी जुट्यो
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणदेखि तीनकुने घटनामा प्रहरीले चलाएको गोलीबारे जानकारीसम्म
-
लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन
-
भारतमा लडाकु विमान दुर्घटना
-
झापामा सवारी दुर्घटना, एक जनाको मृत्यु