कांग्रेस सहर केन्द्रित हुन थाल्यो: पूर्वराष्ट्रपति यादव

काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले कांग्रेस सहर केन्द्रित भएको आरोप लगाएका छन् ।
बुधवार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
यादवले पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइराला रहुन्जेलसम्म गाउँ गाउँमा पुगेर पार्टीका कुराहरु बुझ्ने प्रचलन भएपनि अहिले बिस्तारै हराउँदै गएको बताए । उनले अहिले केन्द्रीय समितिमा धेरै सदस्य रहे पनि त्यसको सही सदुपयोग हुन नसकेको बताए । यादवले निर्वाचनका बेला आधा मात्रै केन्द्रीय सदस्यहरू जिल्लामा खटाएको भए निर्वाचनको नतिजा अर्कै हुने बताए ।
उनले भने, ‘काँग्रेस सहर केन्द्रित मात्रै भयो । गिरिजाप्रसाद कोइरालाहरू गाउँ केन्द्रित हुनुहुन्थ्यो, केही समस्या भए उहाँ जिल्ला जिल्लामा जानुहुन्थ्यो, हामीलाई खटाउनुहुन्थ्यो । पहिला केन्द्रीय समितिमा ३०,३५ जना थियौँ, अहिले बथानै हुनुहुन्छ, कमसेकम आधालाई जिल्ला जिल्लामा खटाइदिएको कम्तीमा एउटामा दुई जना पुग्थे । अरू पार्टीका पार्टीका सदस्यहरू ग्रासरुट गरिरहेका छन् । तपाईँहरू यहाँ बसिरहनु हुन्छ ।’
यादवले अरू पार्टीहरूले मिसन ग्रासरुट गरिरहँदा काँग्रेस भने सहरमा मात्रै केन्द्रित भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल प्रहरी विधेयक २०८१ दफावार छलफलका लागि समितिमा पठाइयो
-
माओवादीले चैत मसान्तसम्म ७५३ वटै पालिकामा वडास्तरीय भेला गर्ने
-
मुस्लिम आयोगको प्रतिवेदन संसदमा पेस
-
कमेडियन मुनव्वर फारुकीविरुद्ध एफआईआर दर्ता, धार्मिक भावनालाई ठेस पुर्याएको आरोप
-
अनुहारमा दही लगाउँदाका यस्ता छन् नोक्सान
-
लामो प्रतीक्षापछि पृथ्वीमा फर्किने भए अन्तरिक्ष यात्री