अचानक सिद्धिने छैन ग्यास, कुकरको सिट्ठीबाट पनि पानी निस्कने छैन : यस्ता छन् दुई टिप्स
भान्सा कोठामा खाना पकाउँदा धेरै समस्याहरू आइरहन्छन् । जसका कारण मानिसले निकै समस्या भोग्नु परिरहेको हुन्छ । एक्कासि ग्यास सिलिन्डर सिद्धिनु र कुकरको सिट्ठीबाट पानी निस्कनु तीमध्ये एक हुन् । यस्तोमा तपाईं केही साधारण टिप्स अपनाएर खाना पकाउने बेला आइपर्ने यस्ता समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ ।
कतिपय अवस्थामा खाना पकाउँदा पकाउँदै बीचमा नै अचानक ग्यास सकिन्छ । आजकाल धेरैले अतिरिक्त ग्यास सिलिन्डर पनि राख्ने गर्छन् तर विभिन्न कारणले गर्दा कतिले यस्तो गर्न सकिरहेका हुँदैनन् । दुई वटा ग्यास सिलिन्डर भएकालाई त समस्या नहोला तर एउटा मात्रै ग्यास सिलिन्डर भएकाहरूको ग्यास खाना पकाउँदा पकाउँदै सकियो भने यसले समस्या निम्त्याउँछ । त्यसैले सिलिन्डरमा कति ग्यास बाँकी छ भनेर थाहा पाउने तरिकाबारे जानकारी दिँदै छौँ ।
कति ग्यास बाँकी छ भनेर यसरी अन्दाज लगाउनुहोस्
सिलिन्डरमा कति ग्यास बाँकी छ भनेर थाहा पाउनको लागि आगोको रङमा ध्यान दिन सक्नुहुन्छ । सामान्यतया ग्यासको ज्वाला निलो जल्छ । तर जब ग्यास सकिन थाल्छ तब पहेँलो वा रातो हुन्छ ।
यति मात्र होइन, भिजेको कपडाको प्रयोग गरेर पनि बाँकी रहेको इन्धन पत्ता लगाउन सकिन्छ । यसका लागि पानीमा भिजाइएको कपडा निचोर्नुहोस् र यो कपडालाई सिलिन्डरमा बेर्नुहोस् । त्यसपछि एक मिनेट पछि कपडा हटाउनुहोस् । यसले गर्दा ग्यास सिलिन्डरको खाली भागमा पानी छिट्टै सुक्छ र इन्धन भएको भाग बिस्तारै सुक्नेछ ।
कुकर कसरी प्रयोग गर्ने ?
कुकरको सिट्ठीबाट पानी नआओस् भन्नका लागि दाल वा तरकारी पकाउँदा कुकुरभित्र एउटा सानो कचौरा राख्नुहोस् । यसका साथै, कुकरको बिर्को वरिपरि तेल पनि लगाउन सक्नुहुन्छ ।
यसो गर्दा पनि कुकरबाट पानी निस्कँदैन । साथै, कुकरको रबर खुकुलो त भइरहेको छैन भनेर समय(समयमा जाँच गरिरहनुहोस् र सिट्ठीलाई राम्ररी सफा गर्न नबिर्सनुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’
-
आज पनि भएन नेपाल एयरलाइन्सका पाइलटसँग सहमति
-
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै