मदनकृष्णद्वारा ‘नेवा: सुपरस्टार सिरपा’ का विजेतालाई पुरस्कार वितरण
बुधबार, ०३ जेठ २०८०, ११ : ४६

काठमाडौँ । नेपाल भाषा फिल्म निर्माणको ४ दशकपछि नेपाल भाषाको प्रतियोगितात्मक कार्यक्रम ‘नेवाः सुपरस्टार सिरपा’ आयोजना भएको छ । ग्लोबल नेवाः नेटवर्कले आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ सुरज व्यन्जनकार, राजु महर्जन, भोगेन्द्र मानन्धर, आर्यभ नकर्मी र रुपेन्द्र श्रेष्ठ विजेता भएका छन् ।
त्यस्तै महिलातर्फ हिसिला महर्जन, भिन्तुना जोशी, रोजिना सुवाल, अन्नपूर्णश्वरी श्रेष्ठ र रजनी खड्गी विजेता भए । विजयी सबैलाई वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले पुरस्कार प्रदान गरे । विभिन्न कलाकारको नृत्य तथा गीत प्रस्तुत गरेको कार्यक्रममा नेटवर्कका संस्थापक अध्यक्ष सुनिलकुमार शाक्य, विद्यासुन्दर शाक्य, फिल्म निर्माता गोपालकाजी कायस्थ, प्रकाश सायमी, अभिनेत्री पल्पसा डंगोल लगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार कस्तो छ काठमाडौँको वायु प्रदूषणको अवस्था ?
-
गण्डकीको विकासमा समस्या: समितिले निर्णय गर्छ, कार्यान्वयन कसले गर्छ ?
-
आर्थिक क्षेत्र सुधार सुझाव आयोगले सुझाएका विषयहरू सरकारले चरणबद्ध कार्यान्वयन गर्छ: अर्थमन्त्री
-
दुर्गा प्रसाईँलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौँ ल्याइँदै
-
बुटवलमा आज एमालेको जागरणसभा, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्वोधन गर्ने
-
जसपा नेपाल रौतहटको अध्यक्षमा राजीव रञ्जन विजयी