सुर्खेतको वीरेन्द्रनगरमा नेपाल बैंकको नयाँ शाखा

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सुर्खेतको वीरेन्द्रनगरमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्मा तथा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्तले संयुक्त रूपमा शाखा समुद्घाटन गरे ।
उक्त समारोह बैंकका सुर्खेत शाखाका शाखा प्रबन्धक बालराज बुढाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय वेदराज सिंह, सामाजिक विकास मन्त्री खड्क बहादुर पोखरेलसहितका अधिकारीहरूको समेत सहभागिता रहेको थियो ।
कार्यक्रमका मुख्यमन्त्री शर्माले सहरमा मात्र केन्द्रित नभई स्थानीय तहमा समेत गएर शाखा खोल्न सुझाव दिए । यस शाखाले नाफा मुखी मात्र नभएर सहज, सुलभ, विश्वसनीय र गुणस्तरीय सेवा प्रवाह गर्न तथा आगामी दिनमा सुर्खेत शाखालाई देशकै उत्कृष्ट शाखाको रूपमा देख्न चाहेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग
-
दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह
-
९ अर्ब ५५ करोड नाफामा नेपाल आयल निगम