नास्तामा अण्डाको पराठा खानुहोस्, बनाउने सजिलो तरिका यस्तो

बिहानको नास्ता निकै हतारमा तयार गरिन्छ । किनभने बालबालिकालाई विद्यालय र अन्य सदस्यलाई काममा जानुपर्छ । यस्तो अवस्थामा बिहानको खाजामा के पकाउने भन्ने सोच्ने समय निकै कम हुन्छ । जसका कारण हामी हरेक दिन एउटै खाजा बनाउन बाध्य हुन्छौँ । यही कारणले गर्दा स्वस्थ नास्ताबाट दूरी बढ्न थाल्छ । यदि तपार्ईं पनि स्वस्थ नास्ता के बनाउने होला भनेर सोचिरहनुभएको छ भने अण्डा पराठा तपाईंका लागि उत्तम विकल्प हुनसक्छ । यो निकै कम समयमा बनेर तयार हुन्छ र खाँदा पनि मिठो हुन्छ । यसलाई तपाईंले बच्चाको टिफिनमा पनि राखिदिन सक्नुहुन्छ । आउनुहोस्, यसलाई कसरी बनाउने भन्नेबारे जानकारी लिऔँ ।
अण्डा पराठाका लागि चाहिने सामग्री
आटा – ५०० ग्राम
अण्डा – ३
हरियो खुर्सानी – २–३ वटा
मसिनो गरी काटिएको धनियाँ – एक ठुलो चम्चा
मसिनो गरी काटिएको प्याज – एक चम्चा
तोरीको तेल – अन्दाजअनुसार
नुन – स्वादअनुसार
अण्डा पराठा बनाउने विधि
अण्डाको पराठा बनाउनका लागि सबैभन्दा पहिले एउटा भाँडोमा पीठो लिनुहोस् । यसमा नुन र अलिकति तेल हालेर राम्ररी मिलाएर मुछ्नुहोस् । त्यसपछि एउटा भाँडामा अण्डा फुटाएर हाल्नुहोस् ।
अण्डामा हरियो धनियाँ, हरियो खुर्सानी र प्याज हालेर राम्ररी फिट्नुहोस् । अब मध्यम आँचमा तावा बसाल्नुहोस् । भाँडा तातुन्जेल आँटाको पिठोलाई सानो सानो डल्लो बनाएर बेल्नुहोस् । तावा तातो भएपछि रोटी हाल्नुहोस् । त्यसपछि रोटीको एउटा किनारालाई हल्का काट्नुहोस् र अण्डाको मिश्रण हालिदिनुहोस् । अब यसलाई हल्का हातले दबाउँदै पकाउनुहोस् । जब यो तावामा दुवै तिर राम्रोसँग पाक्छ, त्यसपछि यसलाई निकाल्नुहोस् । यसलाई रायता वा अचारसँग खान सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबुधावीबाट नेपाली श्रमिकलाई सचेतना अभिवृद्धि गराउँदै दूतावास
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना