इन्टर मिलान १३ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं । इटालियन क्लब इन्टर मिलान युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । इन्टर मिलानले मंगलबार राति खेलिएको सेमिफाइनलको दोस्रो लेग खेलमा अर्को इटालियन क्लब एसी मिलानलाई १—० गोलले हरायो ।
इन्टर मिलान समग्रमा ३—० गोलअन्तरले फाइनलमा पुगेको हो । यसअघि गत खेलिएको सेमिफाइनलको पहिलो लेग खेलमा पनि इन्टर मिलान १—० गोलले विजयी भएको थियो ।
इन्टर मिलान १३ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो । इन्टर मिलान यसअघि सन् २०१० मा च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो । त्यतिबेला इन्टर मिलानले उपाधि पनि जितेको थियो ।
सेमिफाइनलको दोस्रो लेग खेलमा इन्टर मिलानका लागि लाउटारो मार्टिनेज नायक बने । २५ वर्षीय अर्जेन्टिनी खेलाडी मार्टिनेजले निर्धारित समयको ७४औं मिनेटमा निर्णायक गोल गरेका थिए । उनले बेल्जियन खेलाडी रोमेलु लुकाकुको गोलमा गोल गरेका थिए ।
प्रतियोगिताको फाइनल खेल आगामी जुन १० तारिखमा टर्कीको इस्तानबुलमा खेलिने छ । फाइनल खेलमा इन्टर मिलानले स्पेनिस पावर हाउस रियल मड्रिड वा इङ्लिस क्लब म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ ।
इन्टर मिलानले हालसम्म ३ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । २ पटक इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा पराजित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : सरकार बनेको ८ महिना वित्दा समेत देखाएनन् मन्त्री र प्रधानमन्त्रीले सम्पत्तिदेखि अमेरिकाको नयाँ कीर्तिमानसम्म
-
कर्णालीका चार सय ४४ बालबालिका बालगृहमा
-
मेचीनगर गोल्डकप : धरानलाई हराउँदै काँकडभिट्टा फाइनलमा
-
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण