शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय
समाचार

कोशी प्रदेशसभा : संसदीय समिति गठनको छैन टुङ्गो, नियमावली पारित हुनै बाँकी

बुधबार, ०३ जेठ २०८०, ०६ : ४७
बुधबार, ०३ जेठ २०८०

विराटनगर । पहिलो अधिवेशनबाट आफ्नै नियमावली पारित गर्न नसकेको कोशी प्रदेशसभाको संसदीय समिति गठनबारे अझै टुङ्गो लागेको छैन ।

संसद सञ्चालन नियमावली मस्यौदा समितिले प्रदेशसभामा मस्यौदा बुझाइसकेको छ । उक्त मस्यौदामा संसदीय समितिको संख्या ७ नै रहने प्रस्ताव गरिएको छ । तर, प्रदेशसभाको अधिवेशन गत चैत २९ गते अन्त्य भएपछि नियमावली पास नै हुन पाएन । जसका कारण मिनि संसदको रुपमा चिनिने संसदीय समितिको गठन प्रक्रिया पनि प्रारम्भ हुनै सकेको छैन ।

संसद नियमावली प्रदेशसभाबाट पास भएपछि समिति निर्माण प्रक्रिया सुरु हुने र केही दिनमा गठन भइसक्ने नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी बताउँछन् । ‘संसदको वर्षे अधिवेशन जेठको दोस्रो हप्तातिर आह्वान हुन्छ,’ भण्डारीले भने, ‘त्यसपछि समितिको बैठकहरु बस्ने प्रक्रिया सुरु हुन्छ ।’

उनले अधिवेशन आह्वान भएपछि अन्य दलसँग पनि छलफल गरेर सर्वसम्मत रुपमा समितिको नेतृत्व छनौट गर्न प्रयास गरिने बताए । ‘नेकपा एमालेको केही दिन अघि बसेको संसदीय दलको बैठकमा कुन कुन समितिको नेतृत्व कसरी लिने भन्ने विषयमा छलफल भइसकेको छ,’ भण्डारीले भने, ‘अधिवेशन आह्वान भइसकेपछि अन्य दलसँग पनि छलफल गरेर सहमति गर्छौं ।’

नेपाली कांग्रेसका प्रमुख सचेतक भुपेन्द्र राईले सरकारले संसदको अधिवेशन अन्त्य गर्दा पनि प्रतिपक्षी दललाई नसोधेकोमा असन्तुष्टि जनाउँदै जनताको आवाज बुलन्द गर्ने थलो संसदको अधिवेशन तत्काल बोलाउनु पर्ने बताए । ‘संसद नियमावली पास भएको छैन, समितिहरु बनेका छैनन्, संसदमा जनताको आवाज बोल्ने र सरकारलाई खबरदारी गर्ने काम हुन सकेको छैन,’ राईले भने, ‘अधिवेशन तत्काल बोलाउँदा सरकार ढल्छ कि भनेर डर मान्नु हुँदैन । सरकार बन्ने विषय भनेको प्राविधिक विषय हो ।’

संघीय संसदमा सांसदहरुले जनताको आवाज बुलन्द गरिरहेका छन् । भ्रष्टाचारका विरुद्धमा खरो रुपमा प्रस्तुत भएका सांसदहरुले सरकारलाई प्रश्न पनि गरिरहेका छन् । संघीय संसदले समितिहरुको बैठक राखेर नेतृत्व चयन प्रक्रिया पनि सुरु गर्न लागेको छ । तर, कोशी प्रदेशसभाको भने अधिवेशन आह्वान हुने कुनै छाँट देखिँदैन ।

उनले पनि संसदीय समितिहरु छिटो बन्नुपर्नेमा जोड दिए । संसदका काम कारवाही प्रभावकारी बनाउन संसदीय समिति चाँडै गठन हुनुपर्ने उनको भनाइ छ ।

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि संसदको अधिवेशन आह्वान गर्ने जिम्मेवारी सरकार र मुख्यमन्त्रीको रहेको बताए ।

अबको बजेट अधिवेशनबाट नियमावली पास हुने र संसदीय समितिहरु पनि बन्ने उनको भनाइ छ ।

संघीय संसदमा सांसदहरुले जनताको आवाज बुलन्द गरिरहेका छन् । भ्रष्टाचारका विरुद्धमा खरो रुपमा प्रस्तुत भएका सांसदहरुले सरकारलाई प्रश्न पनि गरिरहेका छन् । संघीय संसदले समितिहरुको बैठक राखेर नेतृत्व चयन प्रक्रिया पनि सुरु गर्न लागेको छ । तर, कोशी प्रदेशसभाको भने अधिवेशन आह्वान हुने कुनै छाँट देखिँदैन ।

पहिचान पक्षधरहरुको दबाब र विरोध प्रदर्शनका कारण बैठक बस्न सकेको थिएन । दोस्रो प्रदेशसभाको पहिलो अधिवेशन २०७९ पुस १७ गते आइतबार सुरु भएको थियो । यसबीचमा १३ वटा बैठक बसेको छ । 

२०७९ चैत २९ गते बुधबारदेखि प्रदेशसभाको प्रथम अधिवेशन अन्त्य भएको थियो । गत फागुन १७ गते बसेको प्रदेशसभाको बैठकले प्रदेशको नाम कोशी नामकरण गरेको थियो । त्यसपछि प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।

पहिचान पक्षधरहरुको दबाब र विरोध प्रदर्शनका कारण बैठक बस्न सकेको थिएन । दोस्रो प्रदेशसभाको पहिलो अधिवेशन २०७९ पुस १७ गते आइतबार सुरु भएको थियो । यसबीचमा १३ वटा बैठक बसेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप