नक्कली शरणार्थी प्रकरण : देशभरबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन अनेरास्ववियूको सर्कुलर
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरण विरुद्धमा अनेरास्ववियूले देशभरबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ । नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले जेठ ३ गते देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउन लागेको हो ।
त्यसका लागि प्रभावकारी भएर ज्ञापनपत्र बुझाउन देशभरका कमिटीहरूलाई सर्कुलर जारी गरेको छ । उक्त प्रकरणका दोषीहरू उम्कन नदिनको लागि दबाब सिर्जना गर्नुपर्ने भएकाले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागिएको अध्यक्ष सुदेश पराजुलीले बताए ।
अनेरास्ववियूले जेठ ४ गते सबै जिल्लामा विरोध प्रदर्शन तथा कोणसभाको आयोजना समेत गरेको छ । उक्त कार्यक्रममा अत्यधिक रूपमा विद्यार्थीको उपस्थिति गरेर भव्य रूपमा कार्यक्रम गर्न प्रदेश, जिल्ला र मातहतका कमिटीलाई निर्देशन गरिएको अध्यक्ष पराजुलीले बताए । उक्त प्रकरणमा अनेरास्ववियूले देशव्यापी रूपमा एकल र संयुक्त रूपमा आन्दोलन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्छ : मुख्यमन्त्री कँडेल
-
पूर्णबहादुरको सारङ्गी : ‘बा’को कथा कि गन्धर्व लोकजीवनको उजागर ?
-
दुई सय ८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस
-
भाटभटेनी र रिन्यु होल्डिङ्सबिच सौर्य विद्युत् उत्पादनको सम्झौता
-
सात लाख बढीको भन्सार छलीको समान बरामद
-
सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क