रसुवागढी भन्सार प्रमुखसहित ३ जनालाई कारबाही, राजश्व छलीमा संलग्न भएको आरोप

काठमाडौँ । अर्थ मन्त्रालयले राजश्व छलीमा संलग्न भएको आशंकामा रसुवागढी भन्सार कार्यालयका प्रमुखसहित तीन जनालाई कारबाही गरेको छ । रसुवागढी भन्सार कार्यालयका प्रमुख नारायण भण्डारीसहित तीन जनालाई कारबाही गरिएको हो ।
रसुवागढी भन्सारबाट जाँचपास भएका वस्तुको तुलनामा न्यून राजश्व संकलन भएपछि भन्सार विभागको टोली नै स्थलगत अनुगमनमा पुगेको थियो । त्यसक्रममा कैफियत पाइएपछि अर्थ मन्त्रालयले कारबाहीस्वरुप काठमाडौँ बोलाएर थप अनुसन्धान सुरु गरेको हो ।
भन्सार प्रमुख भण्डारीसहित रसुवागढी भन्सारमै कार्यरत अधिकृत बलराम भण्डारी र नायब सुब्बा बिन्दु शर्मालाई समेत कारबाही स्वरुप काठमाडौँ बोलाइएको छ । ‘उनीहरुलाई अर्थमन्त्रालय कारबाही स्वरुप काठमाडौँ बोलाएको छ,’ स्रोतले भन्यो, ‘थप अनुसन्धान भइरहेको छ । त्यसबाट कारबाहीको स्वरुप पत्ता लाग्छ ।’
रसुवागढी भन्सारबाट जाँचपास भएको वस्तुको तुलनामा न्यून राजश्व संकलन र आयातित वस्तुको मात्रा नै न्यून भएको भन्सार विभागको संका थियो । यो संकासहित भन्सार विभागले गोप्यरुपमा फिल्डमा कर्मचारी नै खटाएर रसुवागढी भन्सारको सीसीटीभी फुटेज हेर्दा कैफियत पाइयो ।
‘क्यामेराबाट हेर्दा एउटा गाडीबाट अर्को गाडीमा सामान सिफ्ट गरेको पाइयो,’ स्रोत भन्छ, ‘भन्सार बिन्दुतर्फ हिँडेको गाडी फर्केर सामान झिकिएको देखिएको छ । यस्तो अवस्थामा कर्मचारी नै बदमासीमा संलग्न भएको अनुमान गरिएको छ ।’ सामानको संख्यामा नै गडबड भयो भन्ने सूचनाका आधारमा अनुगमन गरेको र थप अनुसन्धान भइरहेको विभागले जानकारी दियो ।
कर्मचारीले बदमासी गरेको संका लागेपछि विभागले अर्थ मन्त्रालयलाई मौखिकरुपमा जानकारी गराएको थियो । तर, मौखिक जानकारीबाट मन्त्रालयले कर्मचारीलाई काठमाडौँ नझिकाएपछि विभागले चिठ्ठी नै लेखेर काठमाडौँ झिकाउन भनेपछि अर्थले कारबाहीस्वरुप काठमाडौँ झिकाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वीनाका काँकडभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलियम आयात
-
भैरहवा र नेपालगञ्ज भन्सारले भेट्टाएनन् राजस्व लक्ष्य
-
दोहोर्याएर तताएर खान हुँदैन यी तरकारी
-
सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल