मनसुनजन्य विपद् उद्धारका लागि तयारी अवस्थामा रहन सशस्त्रका आईजीपीकोे निर्देशन
_NY6xo6hkcS.jpg)
काठमाडौँ । सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) राजु अर्यालले मनसुनजन्य विपद् उद्धारका लागि तयारी हालतमा रहन निर्देशन दिएका छन् ।
सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको निरीक्षणका क्रममा महानिरीक्षक अर्यालले सबै युनिटहरूलाई यस प्रकारको तयारी गर्न निर्देशन दिएका हुन् ।
मनसुनको बारेमा पूर्व जानकार रहन र हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्नको लागि तत्काल तयारी गर्न जरुरी रहेको बताउँदै उनले जति धेरै पूर्व तयारी गर्न सक्यौँ त्यति नै मनसुनजन्य प्रकोपबाट मानवीय तथा भौतिक क्षति कम गर्न र पीडितको उद्धार सारथि बन्न सकिने बताए ।
मुलुकमा आइपर्ने विषम परिस्थितिमा जुनसुकै समयमा जस्तोसुकै अवस्था र जहाँ पनि परिचालित हुन पूर्व तयारीका साथसाथै शारीरिक र मानसिक रूपमा समेत तयार रहन महानिरीक्षक अर्यालले निर्देशन दिए ।
विपद् उद्धारको लागि दक्ष जनशक्ति उत्पादन र आउन सक्ने प्राकृतिक जोखिमलाई समेत उत्तिनै ध्यान दिएर भूगोल र प्रकोप अनुसार कुनै पनि समयमा जस्तो सुकै परिस्थितिमा परिचालन हुनसक्ने ढंगले लाग्नसमेत शिक्षालयलाई उनले निर्देशन दिए ।
उनले शिक्षालयमा हाल सञ्चालन भइरहेका विपद् उद्धार, गोताखोरलगायतका तालिमलाई हुनसक्ने जोखिमको पूर्वानुमान गरेर सोही अनुसार परिमार्जन गर्दै लगिनेसमेत बताए ।
यस प्रकारको तयारीको लागि विशेष गरी पूर्व अभ्यास महत्त्वपूर्ण हुने भएकोले हाल सशस्त्र प्रहरी बलका देशभरिका युनिटहरूले सरोकारवाला अन्य निकायहरूको समेत सहकार्यमा तीव्रता दिएका छन् । आगलागी, बाढी पहिरो, दुर्घटना आदीमा गरिने उद्धारलाई यस्ता अभ्यासमा समावेश गरिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले ल्याएका ५ वटा अध्यादेश स्वीकृत
-
अमेरिकाबाट डिपोर्ट हुनेमा २२ वर्षीय युवक र एक महिलासहित ८ जना रहेको पुष्टि
-
नेपालमा लिपमोटर टि०३ सार्वजनिक, मूल्य कति ?
-
माओवादी पदाधिकारी बैठकमा राजावादीको सक्रियताबारे समीक्षा
-
निजामती कर्मचारीको उमेर हद ६० वर्ष पुर्याउने तयारी
-
प्रधानमन्त्री मोदीलाई निम्तो दिन परराष्ट्रमन्त्री राणा दिल्ली जाने