नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारको जवाफ माग

काठमाडौँ । नेपाली काँग्रेसका सांसद विश्वप्रकाश शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारको जवाफ माग गरेका छन् । मंगलवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले अनुसन्धानको प्रक्रिया कहाँसम्म पुर्याएको हो भन्ने जवाफ दिनुपर्ने बताएका हुन् ।
उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणबारे हामी सुसूचित हुन जरुरी छ । दोषीहरू कोही नछुटुन्, निर्दोष कोही नछुटुन् भनेर हामी सबै राजनीतिक दलहरूले भनेका नै छौँ, सबै सहमत नै छौँ, यसमा गृहमन्त्रीज्यूको भनाइ हामीले सुन्न पाएका छैनौँ । के कस्तो प्रकार अवस्था छ, निर्दोष फस्नु नहुने र दोषी उम्किनु नहुने स्थिति बनाउनका लागि सरकारले के गतिविधि गरिरहेको छ, नक्कली भुटानी शरणार्थीको छानबिनको सन्दर्भमा सक्कली छानबिनको वस्तुस्थिति के छ भन्नेबारेमा जानकारी गराउन आवश्यक छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाए दीपेन्द्रसिंह ऐरीले
-
‘सडक आन्दोलन व्यवस्था फेर्न होइन, यो दलहरूप्रतिको वितृष्णा हो’
-
स्थानीयको अवरोधले नागढुंगा सुरुङमार्ग निर्माणमा अन्योल
-
पर्सामा लागुऔषध दुर्व्यसनविरुद्धको तीनमहिने अभियान
-
इलाममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
-
दिल्लीको विजययात्रमा लगाम लगाउने धुनमा बलियो बेंगलुरु