आफ्नो सपनाको गाउँप्रति दृढ भएर
मानिसले आफ्नो भागमा केही हासिल गर्न र प्राप्त गर्न सक्षम भएको अवस्थालाई भाग्यमानी सम्झन्छन्, तर साँचो अर्थमा तब मात्रै भाग्यमानी हुन्छ, जब उसले अरु मानिसका लागि भलोको कर्म गर्न सक्छ ।
मानिसहरू सधैँ मलाई हेर्छन् र भन्छन्– तपाईं जीवनको सबै परिस्थितिमा सधैँ खुसी र सकारात्मक हुनुहुन्छ ? के कहिलेकाहीँ तपाईंको मनमा खिन्नता वा निराशा आउँदैन ? उनीहरूलाई मेरो जवाफ हुन्छ– जीवनमा सधैँ दुःखी हुने केही कारण अवश्य पनि हुन्छन्, तर मेरो बुझाइ र हेराइको लेन्सले सधैँ खराब दृश्य, दर्शन वा चिजहरूलाई धमिलो पार्छ र मेरो ध्यानलाई सुन्दर दृश्यमा सीमित गर्ने प्रयास गर्दछ । बाधा भनेको बाटो हो, अप्ठेरो भनेको एउटा अवसर हो, तपाईंले ती बाधा र अप्ठेरोसँग नभागी सोच–विचार गरेर मुकाबिला गर्नुभयो भने, तपाईंले नयाँ बाटो वा अवसर देख्न सक्नुहुनेछ ।
प्रयास सानो होस् या ठूलो, अरुको निमित्त वा न्यायको निमित्त गरिएको छ भने त्यही नै जीवनको सार्थकता हो ।
मेरो गाउँ (काभ्रेको बसेरी) कति सरल अनि सुन्दर छ । काभ्रेको नमोबुद्ध–१० को कालिका मावि, जहाँ मेरा दाजुभाइ पढेर हुर्केका थिए, यो विद्यालय मेरो दिवंगत हजुरबुवाले सञ्चालनमा ल्याउनुभएको हो । उहाँ पुरानो पुस्ताको भए पनि शिक्षाको महत्त्व बुझेकामा उहाँलाई सलाम गर्दछु ।
स्वस्थ शरीरमै स्वस्थ दिमाग हुन्छ, यहाँका बालबालिकालाई शिक्षाको सहानुभूति मात्र नभई स्वच्छ वातावरण पनि आवश्यक देखिन्छ । सहरी प्रदूषणबाट टाढा भए पनि यहाँको शौचालय निर्माण र अन्य गतिविधिमा पनि जोड लाउनुपर्छ । हामीले केही एक–दुई वृक्षरोपण गरी यहाँको सुन्दर वातावरणको जोहो गर्ने प्रयास पनि ग¥यौँ, र यसमा सबै गाउँले दाजुभाइ दिदीबहिनीको सहयोग थियो । यो कामले हाम्रा विद्यार्थीलाई पनि अभिप्रेरित गरोस् कि शिक्षाको अर्थ किताबी ज्ञान मात्र हँुदैन, तिमीले गरेको हरेक जीवनोपयोगी कार्यले तिम्रो शिक्षाको स्तर देखाउँछ, मस्तिष्कको आकार आकलन गर्ने नभई तिम्रो सोचको आकारले तिमीलाई गुणस्तरीय बनाउँछ ।
हाम्रो पहल विद्यार्थीलाई परिवर्तनका लागि व्यापक रूपमा निर्माण गर्ने थियो । तर अहिले गरिबी र अभिभावकको सहभागिताको कमीले यहाँका विद्यार्थीको पढाइमा समस्या आएको छ । अशिक्षाका कारण अभिभावकले बालबालिकाको पढाइमा ध्यान दिन सक्दैनन्, जसले गर्दा बालबालिकाको पढाइप्रतिको रुचि घट्छ ।
विद्यालय एउटा विद्यालय हो, विद्यालयको अवस्थित कोष केही व्यक्तिका लागि व्यापार घरमा परिणत हुनु हुँदैन । बालबालिकाको भविष्यलाई अँध्यारो सुरुङजस्तै विस्तार गर्नु र सुरुङको छेउमा रहेको उज्यालोलाई यथार्थ नभई आशाको रूपमा मात्रै छोडेर त्यहाँ के भइरहेको छ भन्ने कुरामा चुप लागेर बस्ने हो भने हामी सबै यसको जिम्मेवार हुनेछौँ । बालबालिकालाई आफ्नो गन्तव्यमा पुग्न दुई घन्टा पैदल हिँडेर विद्यालय जानुपरेको थियो, भने यो विद्यालयले उनीहरूको जीवन सहज बनाएको छ । हामीले यी निर्दोषको जीवनसँग खेलिरहेका छौँ र तिनीहरूको कोषलाई मानिसहरूमा बाँडिरहेका छौँ भने, हाम्रो पाँचौँ इन्द्रीयले पनि हामीलाई श्राप दिन्छ । यति तुच्छ नैतिकता पालेको व्यक्तिको विद्यालयमा केही खाँचो छैन ।
शिक्षा सबैको नैसर्गिक अधिकार हो र यस्तो पूर्वाधारको स्तरोन्नतिमा सहभागी हुन सबैको उत्तरदायित्व देखिन्छ । मेरो बुबासँग धेरै नभए पनि उहाँले संसारमा सदैव दिने प्रयास गर्नुहुन्छ ।
सबैका लागि कुवा खनेर, सडकको छेउमा रुख रोपेर, मानिस र पशुपन्छीका लागि विश्रामगृह बनाएर, सडक, पुल बनाएर, सबैभन्दा ठूलो महात्मा त्यही लक्ष्यमा जान्छन् र यो शिक्षा त हामीलाई घाँसीको कुवा भानुभक्त आचार्यको कथाकर्मबाट पनि प्राप्त हुन्छ ।
मलाई जीवनहरू रूपान्तरण गर्नु छ, मलाई प्रेरणाको स्रोत बन्नु छ, म बच्चाहरुको भविष्य प्रज्ज्वलित गर्न चाहन्छु, मलाई सिर्जना गर्ने मन छ, र मेरा सपनाहरूमा म जीवन्त छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युभेन्टसलाई हराउँदै आर्सनल क्वार्टरफाइनलमा, हर्टिगको गोल निर्णायक
-
डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता छानेका गेट्जले लिए नाम फिर्ता
-
६०० ग्राहकको विद्युत् लाइन काटिँदै
-
जर्मनीको वायर्नम्युनिख क्वार्टर फाइनलमा
-
खदीजा चम्किएपछि म्यान्चेस्टर सिटी दुई खेलअघिनै क्वार्टरफाइनल प्रवेश
-
रुसले युक्रेनमा हाइपरसोनिक प्रणालीको क्षेप्यास्त्र प्रहार गरेको दाबी