कक्षा १२ को परीक्षामा अमर्यादित कार्य गर्ने ३ जना केन्द्राध्यक्ष कारबाहीमा

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले तीन जना केन्द्राध्यक्षलाई कारबाही गरेको छ । वैशाख २९ र ३१ गते गते सञ्चालन गरेको कक्षा १२ को वार्षिक परीक्षामा मर्यादा विपरीत कार्य गर्ने केन्द्राध्यक्षलाई कारबाही गरेको बोर्डले जनाएको छ ।
बोर्डले एक जनालाई बर्खास्त गरेको छ भने दुई जनालाई सचेत गराएर छोडेको छ । टेक्सास इ मा.वि, मित्रपार्क, काठमाडौँ केन्द्र परीक्षाको मर्यादा विपरीत कार्य गर्ने केन्द्राध्यक्षलाई बर्खास्त गरिएको हो । त्यस्तै कैलाशकुट बहुमुखी क्याम्पस, मित्रपार्क, काठमाडौँ र कुमारी आवासीय मा.वि, बौद्ध, काठमाडौँका केन्द्राध्यक्षलाई उचित परीक्षाको वातावरण कायम गर्न नसकेको भन्दै सचेत गराएको छ ।
कक्षा १२ को वार्षिक परीक्षा गत वैशाख २६ गतेदेखि सञ्चालन भइरहेको छ । परीक्षामा विभिन्न खालका अमर्यादित कार्यबारे विभिन्न खाले समाचारहरू सार्वजनिक हुँदै आएका छन् । मोबाइलमार्फत प्रश्न पत्र खिचेर बाहिर पठाउने र त्यहीबाट उत्तर लेखेर पठाउने गरेको भन्दै विभिन्न ठाउँबाट सूचना सार्वजनिक भइरहेका छन् ।
सामाजिक सञ्जालमा अनधिकृत आइडी तथा पेजहरू सृजना गरी गलत तथा भ्रमपूर्ण सूचनाहरू समेत प्रवाह भइरहेको बोर्डले जनाएको छ । त्यस्तो भ्रम फैलाउने कार्य नगर्न समेत सबैलाई सचेत गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटलीकी प्रधानमन्त्रीले वामपन्थी नेताहरूलाई भनिन्– ‘पाखण्डी’
-
कोहलीको नाममा अर्को कीर्तिमान
-
तस्बिरमा हेर्नुहोस् नेपाल र म्यानमारको खेल
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा लम्साल नियुक्त
-
शिवपुरी राष्ट्रिय निकुञ्जमा हाइकिङ गएर अलपत्र परेका १० किशोरहरूको उद्धार
-
नेपाल र म्यानमारको खेल बराबरीमा सकियो