ज्येष्ठ सदस्यको सभापतित्वमा संसदीय समितिका बैठक सुरु

काठमाडौँ । सार्वजनिक लेखा समितिको बैठक प्रारम्भ भएको छ । सिंहदरबारस्थित समितिको कार्यालयमा केहीबेर अघिबाट बैठक सुरु भएको हो ।
आम निर्वाचन सम्पन्न भएको पाँच महिनापछि आजबाट संसदीय समितिको बैठक सुरु भएको हो । समितिहरूको सभापति चयन भई नसकेकाले ज्येष्ठ सदस्यको सभापतित्वमा बैठक सुरु गरिएको हो । लेखा समितिका ज्येष्ठ सदस्य कांग्रेस सांसद अर्जुननरसिंह केसीको सभापतित्वमा बैठक प्रारम्भ भएको छ ।
त्यसैगरी पूर्वाधार विकास समितिको बैठक पनि सुरु भएको छ । सो समितिका ज्येष्ठ सदस्य नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीको सभापतित्वमा पूर्वाधार विकास समितिको बैठक सुरु भएको हो ।
त्यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका ज्येष्ठ सदस्य नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सांसद रणेन्द्र बराइलीको सभापतित्वमा बैठक बसेको छ । आजैबाट अन्य समितिका बैठक बस्दैछन् । संयुक्त २ र विषयगत १० गरी १२ वटा समितिहरू छन् ।
त्यसैगरी शिक्षा तथा स्वास्थ्य समितिमा जेष्ठ सदस्य नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद कालुराम राईको सभापतित्वमा बैठक बसिरहेको छ भने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराको सभापतित्वमा बसिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संविधान संशोधनको लागि सबै दलहरू मिल्नुपर्छ’
-
म्याग्दी र कालीगण्डकी नदीको कटान रोक्न ग्याबियन पर्खाल निर्माण
-
‘सञ्चो’ कम्पनीमा २८ करोड क्षति : पुनः सञ्चालन सम्भव छ ?
-
हरेक दिन २० पुस-अप गर्नुहोस्, पाउनुहुनेछ ५ परिवर्तन
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
कंगोको राजधानीमा मुसलधारे वर्षाका कारण ३० जनाको मृत्यु