नक्कली शरणार्थी प्रकरण: पूर्व गृहमन्त्री खाणको बयान आज पनि
![नक्कली शरणार्थी प्रकरण: पूर्व गृहमन्त्री खाणको बयान आज पनि](https://npcdn.ratopati.com/media/news/balkrishna-khan-(5)_EVX1cwVPra.jpg)
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाणसँग आज पनि बयान लिइने भएको छ । गत बिहीबार पक्राउ परे पनि सोमबारबाट मात्रै विषय केन्द्रित भएर बयान सुरु भएको र सो बयान अझै बाँकी रहेकाले आज पनि बयान लिन लागिएको हो ।
सरकारी वकिल प्रमुख एवं महान्यायाधिवक्ता अच्युतमणि न्यौपानेका अनुसार हिजोबाट सुरु भएको खाणको बयान आज पनि जारी रहने छ । ‘मंगलबार पनि उहाँको बयान हुनेछ’ उनले भने । सो प्रकरणमा मुछिए पनि खाणले 'मोबाइल फरम्याट' गरेको तथा सो मोबाइलको ‘डाटा रिकभर’ हुनका लागि समय लागे पछि सोमबारबाट मात्रै उनको बयान सुरु गरिएको प्रहरीले जनाएको छ ।
आरोपमा मुछिएका मुख्य आरोपित केशव दुलाल र सानु भण्डारीले सो काण्डमा गृहमन्त्रीको हैसियतमा खाणको पनि संलग्नता रहेको र मन्त्रालयमा नै लगेर १ करोड ४६ लाख रुयैँया दिएको बयान दिए पछि खाँण सो प्रकरणमा तानिएका हुन् । साथै, तत्कालीन गृह सचिव टेकनारायण पाण्डेले पनि मन्त्रीको संलग्नतामा आफूले काम कारबाही अघि बढाएको बयान दिए पछि खाणलाई पक्राउ गरी हिरासतमा लिइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविकै नसुध्रिएको पुरानै चाला : कात्तिक २९ मा रिजल्ट आयो, तीन महिनासम्ममा ट्रान्सक्रिप्ट बनेन
-
निकुञ्ज र संरक्षण क्षेत्रमा जलविद्युत् आयोजना विकास गर्ने वातावरण बनाउन इप्पानको माग
-
‘लाज शरणम्’ को गीतमा बालेन शाहको स्वर
-
दरबारमार्गको पैदल मार्गमा ग्रेनाइड राख्न सुरु
-
ड्युटीको सिपाही कुट्ने अनेरास्ववियुका नेतालाई उन्मुक्ति
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता