अब एनओसी ‘फेसलेस, पेपरलेस र क्यासलेस’
अबदेखि विद्यार्थी आफैँले वैदेशिक शिक्षा अध्ययन अनुमतिपत्र (एनओसी) प्रिन्ट गर्न पाउने भएका छन् । यसको थालनी सोमबारबाट गरिएको छ । रिफरेन्स नम्बरका आधारमा आवश्यक कार्य गर्न सकिने भए पनि आवश्यक परेमा प्रिन्ट गर्न सकिने छ ।
यसअघि अनलाइनबाट आवेदन दिन पाइने व्यवस्था भए पनि एनओसी लिन सानोठिमीस्थित वैदेशिक अध्ययन अनुमति शाखामा पुग्नुपथ्र्यो । शाखामा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले यसको सुरुवात गरे । उनले कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका विक्रम भट्टराईलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
एनओसी लिन चाहने विद्यार्थीले उक्त कार्यालयको वेबसाइटमार्फत आवेदन तथा कागजपत्र पेस गर्नुपर्ने हुन्छ । पेस गरिएका विवरण तथा कागजपत्रको सत्यापन गरिएपछि आवेदकले सो शाखाबाट सन्देश प्राप्त गर्ने छन् । साथमा ‘रिफरेन्स’ नम्बर पनि उपलब्ध गराइन्छ ।
सोही नम्बरका आधारमा आवेदकले वैदेशिक मुद्रा सटही गर्न पाउनेछन् भने अध्यागमन कार्यालयमा पनि सोही नम्बर देखाए पुग्छ । एनओसीका लागि दस्तुर पनि अनलाइनबाटै तिर्न सकिने व्यवस्था रहेको छ । शाखाका उपसचिव वासुदेव वस्तीले विद्यार्थीलाई प्रदान गरिएको एनओसीमा शङ्का लागेमा बैङ्क तथा अध्यागमन कार्यालयले रेफरेन्स नम्बर सफ्टवेयरमा प्रवेश गराएर आवश्यक विवरण परीक्षण गर्नसक्ने बताए ।
तत्कालका लागि यस्तो सुविधा राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीले मात्रै लिन सक्ने छन् किनकि एनओसी शाखाले पहिलो चरणमा बोर्डको सफ्टवेयरसँग मात्रै आफ्नो सफ्टवेयर ‘इन्ट्रिग्रेसन’ गराएको छ । वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार वैदेशिक शिक्षामा जान चाहनेमध्ये ६० प्रतिशत विद्यार्थीलाई कक्षा १२ को उत्तीर्णपछि जाने गरेका छन् ।
विभिन्न विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेका र सोभन्दा माथिल्लो तहको अध्ययनमा विदेश जान चाहने विद्यार्थीले भने भौतिक रूपमै उपस्थित भएर सक्कली कागजपत्र देखाउनुपर्ने हुन्छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महालक्ष्मी विकास बैंकले देशभरका ७७ स्थानमा घरजग्गा लिलामी गर्दै
-
कास्कीको अन्नपूर्णमा २२ देखि ‘हनि हन्टिङ’ महोत्सव
-
नारायणी अस्पतालको ‘क्याथ ल्याब मेसिन’ बन्यो उपयोगविहीन
-
अपडेट: अन्डरवेयरमा लुकाएको विदेशी मुद्रा बरामद
-
मुक्तिनाथ म्युचुअल फण्डको आईपीओ मंसिर २० गतेदेखि
-
सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबिच भेटवार्ता