राप्रपाको केन्द्रीय समिति बैठक मंगलबार बिहान पुनः बस्ने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको पूर्ण बैठक भोलि बिहान ८ बजे पुनः बस्ने भएको छ । काठमाडौँको धूम्रबराहीमा आजदेखि सुरु भएको बैठकमा प्रस्तुत गरिएका प्रतिवेदनमा छलफलको क्रम जारी रहेकाले भोलि पुनः बस्ने गरी स्थगित गरिएको हो ।
बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले प्रस्तुत गरेको ‘यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ शीर्षकको प्रतिवेदनमाथिको छलफलमा नेताहरूले बोल्ने क्रम सकिएको छैन । उक्त प्रतिवेदनमा महाधिवेशन र पुस्तान्तरण, तीनै तहको निर्वाचनमा पार्टीको अवस्था, संवर्द्धनवादी विश्व सङ्गठनमा पार्टीको सहभागिता, राजसंस्था, हिन्दू राष्ट्र संविधान विपरीत नभएको विषय उल्लेख छ ।
त्यसैगरी, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्म दिवसमा सरकारले बिदा उपलब्ध गराएर गल्ती सच्याएको, पछिल्लो पटक सरकारमा पार्र्टीको सहभागिताका विषय, सरकारमा ४० दिन रहँदा गरेका कार्यका बारेमा प्रतिवेदनमा विषय उल्लेख गरिएको छ ।
महामन्त्री धवलशम्शेर राणाले साङ्गठनिक प्रतिवेदन, सबै प्रदेश अध्यक्षबाट साङ्गठनिक गतिविधिबारे प्रतिवेदन, सचिवालयसम्बन्धी र आर्थिक प्रतिवेदन पनि प्रस्तुत गरिएको छ । मुलुकको समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल गरिने नेता राजाराम श्रेष्ठले जानकारी दिए ।
बैठकमा पेस गरिएका सबै प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेपछि सुझावका आधारमा ती परिमार्जन गरिने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अरब राष्ट्रले गरे इजरायलको आलोचना
-
हिमपातले विद्यार्थी बिरामी, पठनपाठन प्रभावित
-
तीन सन्तान र पति छाडेर प्रेमीसँग गएकी महिलाले भिडियोमार्फत दिइन् चेतावनी
-
प्रमुख प्रशासकीय अधिकृत छानबिन कार्य खुलाउन काठमाडौँ महानगरलाई मन्त्रालयको पत्र
-
पार्टीभित्र रहेका मतभेदलाई हटाएर विश्वासको वातावरण बनाउनुपर्छ : सभापति देउवा
-
निरन्तर दश दिन बढेपछि सेयर बजारले लियो विश्राम, कारोबार झनै बढ्यो