अनुसन्धान अधिकृतको छैटौँ प्रश्नमा बालकृष्णले भने–‘भयो, आज बयान नगरौँ’

काठमाडौँ । पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई प्रहरीले सोमबार ११ बजे जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बयान गराउन उपस्थित गराएको थियो । जिल्ला न्यायाधिवक्ता जनक घिमिरे र प्रहरीका अनुसन्धान अधिकृतहरूले उनको बयान लिएका छन् । तर, उनको बयान बयान पुरा भने भएको छैन ।
भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा करिब ४० करोड ठग्ने गिरोहसँग खाणको संलग्नता देखिएको छ । शरणार्थी प्रकरणबारे अनुसन्धान अधिकृतहरूलाई खाणले ५ वटा प्रश्नको जवाफ दिए । अनुसन्धान अधिकृतहरूले छैटौँ प्रश्न सोधेपछि पूर्वमन्त्री खाणले भने–‘भो, आज बयान गर्न सक्दिनँ ।’
बयान गर्न इन्कार गरेपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा फिर्ता गरिएको छ । डिएसपीको कार्यकक्षमा उनलाई बेड व्यवस्था गरिएको छ । उनी बस्ने कोठामा रेखदेख गर्न एकजना प्रहरी खटाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
खाणको बयान मंगलबार फेरि गराउने प्रहरीको तयारी छ । शरणार्थी प्रकरणमा संलग्न आरोपी पूर्व सांसद आङ्टावा शेर्पाले प्रहरीमा आत्मसमर्पण गरेका छन् । शरणार्थी प्रकरणमा थुनामा पर्नेको सङ्ख्या १४ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३६७ किलो गाँजासहित ५ जना प्रहरीको नियन्त्रणमा
-
बागमतीका औद्योगिक ग्राम अलपत्र : न स्रोत छ, न व्यवस्थापन
-
पोखरामा निर्माण भएको गोदामघर प्रदेशलाई हस्तान्तरण
-
औद्योगिक ग्रामका लागि विधिवत् ढङ्गले अध्ययन भएको देखिएन : मन्त्री तामाङ
-
कपिलवस्तुमा शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरीलाई लक्षित गरेर गोली प्रहार
-
किन घोषणामै सीमित भए औद्योगिक ग्राम ?