नक्कली भुटानी शरणार्थी प्रकरणले नेपालीको आत्मसम्मानमा चोट लाग्यो : सांसद बजगाईँ
सोमबार, ०१ जेठ २०८०, १९ : ४१

काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले नक्कली भुटानी शरणार्थी प्रकरणले नेपालीको आत्मसम्मानमा गहिरो चोट लागेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बजगाईँले नेपालीको पहुँचमा भएका प्रकरणहरूमा कानुनी उपचार नहुन सक्ने आधार आयो ? भनेर प्रश्न समेत गरेका छन् ।
उनले भने, 'नेपाल राष्ट्रप्रति शंकाहरू थपिएर आइरहनु बहादुर गोर्खाजको अपमान हो। यो संकट कसरी निवारण गर्ने ? '
भ्रष्टाचारका मुद्दामा सबैको एक स्वर हुनुपर्ने उनले बताए ।
सांसद बजगाईँले बुढीगण्डकी, ठोरी लार्के सडक, मनकामना र गोरखकालीको विकासमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त शिक्षामन्त्री पन्तले शिक्षकहरूलाई वार्तामा बोलाए
-
'सरकार परिवर्तनको हल्ला चलाएर धमिलो पानीमा माछा मार्ने प्रयास भइरहेको छ’
-
तीनकुने घटनाबारे सुवेदीले गराए अन्तर्राष्ट्रिय मानव अधिकार संघसंस्थाको ध्यानाकर्षण
-
शिक्षकहरूलाई वार्तामा आउन शिक्षा मन्त्रालयको पुनः आग्रह
-
सरकार परिवर्तनको कुरा हल्ला मात्र : परराष्ट्रमन्त्री राणा
-
असन्तुष्टिका आवाज सम्बोधन गर्ने कानुन बनाउन सबैको प्रतिबद्धता आवश्यक : सभामुख