सभामुख हुँदा एमालेबाट सांघातिक हमला भयो : उपाध्यक्ष सापकोटा
सोमबार, ०१ जेठ २०८०, १८ : ००

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले आफू सभामुख रहँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सांघातिक हमला गर्ने प्रयास गरेको आरोप लगाएका छन् ।
सोमबार विद्यार्थी दिवस र अबको बाटो विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ०७८ भाद्र २ गते तत्कालीन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदन चलाउन चुनौती दिएको र त्यसपछिका दिनमा बारम्बार आक्रमणको प्रयास गरेको आरोप लगाए । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट अलग भई अर्को पार्टी खालेका माधव नेपालसहितका नेताहरूलाई कारबाहीको सूचना टाँस नगरेपछि आफूमाथि विपक्षी दल एमालेले सांघातिक हमला गरेको बताए ।
उपाध्यक्ष सापकोटाले सबै राजनीतिक दलहरु एकताबद्ध भएर काम गर्ने हो भने कसैले पनि परास्त गर्न नसक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा सकारात्मक सोँच सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
-
युवा साहित्य सम्मेलनको वक्तृत्वकलामा विनिताले जितिन् एक लाख पुरस्कार
-
काठमाडौँ महानगरले प्रकाशन गर्यो कक्षा ८ को अन्तिम नतिजा
-
नृपेशको ‘तिम्रो मायाको मलाई’ मा बज्राचार्यको स्वर
-
पोखरामा नयाँ वर्ष महोत्सवमा भक्तपुरे विस्केट जात्रा
-
एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड प्रदान [तस्बिरहरु]