देशको व्यवस्था र अवस्था आधा मात्रै बदलिएको छ : माधवकुमार नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देशमा व्यवस्था र अवस्था आधा मात्रै बदलिएको टिप्पणी गरेका छन् । सोमबार विद्यार्थी दिवसमा आयोजित कार्यक्रममा बोल्दै नेपालले सिङ्गै व्यवस्थालाई रूपान्तरण गरेर अवस्था परिवर्तनमा लाग्नुपर्ने बताए ।
‘देशको व्यवस्था र अवस्था आधा मात्रै बदलिएको छ । व्यवस्था र अवस्थामा धेरै बदल्न बाँकी छ । सिङ्गो व्यवस्थालाई रूपान्तरण गर्न खाँचो छ । अनि मात्रै अवस्थामा परिवर्तन गर्न सक्छौँ’ नेपालले भने, ‘अर्को भाष्य छ निर्वाचनदेखि निर्वाचनसम्म मात्रै भयो । एउटा चुनावदेखि चुनावसम्म अर्को जनतादेखि जनतासम्मको व्यवस्था छ । हामी कम्युनिस्टहरू जनताको सेवामा समर्पित हुने र जनताको हित र कल्याणमा लागि रहने हो ।’
कम्युनिस्टहरू जनतामा लाग्नुको मतलब जनताको चेतना निर्माणमा दृढ भई लाग्नुपर्ने नेपालले बताए । ‘हाम्रो जनता बाहेक अर्थोक कुनै राजनीति छैन । कम्युनिस्ट बाहेक अरूले राम्रो गर्न सक्दैनन् । अब देशमा निराशा बढेको छ त्यसलाई चिरेर अघि बढ्नुपर्ने आवश्यकता छ’ नेपालले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्षिक नीति तर्जुमा गर्दै लुम्बिनीको सामाजिक विकास मन्त्रालय
-
टेस्लाकी ‘ह्विसलब्लोअर’ले जितिन् मस्कविरुद्धको लडाई
-
ट्रम्प ट्यारिफले अमेरिकी अर्थतन्त्रमा धक्का दिन्छ: फेड अध्यक्ष जेरोम पावेल
-
महाधिवेशनबारे औपचारिक निर्णय गर्न रास्वपा बैठक बस्दै
-
युद्धपछि गाजामा कस्तो रहला इजरायली सेनाको भूमिका ?
-
लेनदेन विवादमा शर्मिला वाइबामाथि आक्रमण