ग्रिनल्यान्ड र भ्याली पब्लिकबीच उपाधि भिडन्त
![ग्रिनल्यान्ड र भ्याली पब्लिकबीच उपाधि भिडन्त](https://npcdn.ratopati.com/media/news/basketball_r3VmMRphdv.jpg)
काठमाडौँ । ग्रिनल्यान्ड र भ्याली पब्लिक स्कुल राजधानीमा जारी ‘छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता’ को सिनियर छात्रतर्फ सोमबार फाइनलमा प्रवेश गरेका छन् । थ्री बाइ थ्रीको प्रतिस्पर्धामा ग्रिनल्यान्डले ईडेन ब्रिज एकेडेमी (ईबीए) लाई २१–६ अंक र भ्याली पब्लिकले एचएचसीएलाई ११–५ अंकले पराजित गरे ।
बसुन्धरास्थित आयोजक बसुन्धरा नेसनल एकेडेमी (बीएनए) को कोर्टमा भइरहेको उक्त प्रतियोगिताको सिनियर छात्रातर्फ भने भ्याली पब्लिक र पृथ्वीले उपाधि भिडन्त पक्का गरेका छन् । भ्याली पब्लिकले फेरिल्यान्डलाई ३०–१४ अंकले पराजित गर्यो । भ्याली पब्लिकको जितमा मुस्कान गुरुङले १० अंकको योगदान गरिन् । बबिता घिमिरेको १३ अंकको सहयोगमा पृथ्वीले एचएचसीएलाई २४–१७ ले हरायो ।
एन्जल्स हार्ट र गोल्डेनपिक भने जुनियर छात्रतर्फको उपाधिका लागि भिड्ने भएका छन् । एन्जल्स हार्टले आयोजक बीएनएलाई २१–१४ अंकले पाखा लगायो । एन्जल्स हार्टका रुपेश पौडेलले १३ स्कोर गरे । स्किब्सविरुद्धको खेलमा गोल्डेनपिक २३–१५ अंकले विजयी भयो । गोल्डेनपिकका अमन गुरुङले ९ अंक जोडे । तीनवटै स्पर्धाको फाइनल खेल मंगलबार हुने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता