काभा भलिबललाई पूर्वअध्यक्ष शर्माको आर्थिक सहयोग
काठमाडौं । नेपालमा आयोजना हुने ‘काभा महिला भलिबल च्यालेन्ज कप–२०२३’ लाई सफलतापूर्वक सम्पन्न गर्न नेपाल भलिबल संघका पूर्वअध्यक्ष मनोरञ्जन रमण शर्माले आर्थिक सहयोग गर्ने भएका छन् । राजधानीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा संघका पूर्वअध्यक्ष शर्माले उक्त च्याम्पियनसिपका लागि १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका हुन् । यसैगरी टाइगर ग्रुप अफ पोखराले पनि प्रतियोगिताका लागि १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
यसका अतिरिक्त विद्यालय भलिबल कमिशनले पनि प्रतियोगिताका लागि ७५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । पत्रकार सम्मेलनमा पूर्वअध्यक्ष शर्मा र विद्यालय भलिबल कमिशनका सचिव लोकेन्द्रबहादुर खड्काले संघका कोषाध्यक्ष श्यामकृष्ण श्रेष्ठलाई नगद हस्तान्तरण गरे । यसैगरी उक्त प्रतियोगिताका लागि विभिन्न संघसंस्था र भलिबल प्रेमीहरुबाट पनि आर्थिक सहयोगको प्रतिबद्धता आइरहेको जानकारी पत्रकार सम्मेलनमा संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले दिए ।
जेठ ८ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सञ्चालन हुने उक्त प्रतियोगितामा ८ राष्ट्र सहभागी हुँदैछन् । प्रतियोगितामा आयोजक नेपालका अतिरिक्त भारत, श्रीलंका, बंगलादेश, मालदिभ्स, उज्बेकिस्तान, काजाकिस्तान र किर्गिस्तानले सहभागिता जनाउने छन् । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’ मा आयोजक नेपाल, भारत, बंगलादेश र किर्गिस्तान रहेका छन् । यसैगरी समूह ‘बी’ मा श्रीलंका, मालदिभ्स, काजाकिस्तान र उज्वेकिस्तान परेका छन् ।
प्रतियोगिता सम्पन्न गर्न राखेपले सहयोग प्रदान गरेको छ । प्रतियोगिताको अन्य सहयोगीहरुमा राष्ट्रिय बाणिज्य बैंक र केल्मी नेपाल रहेका छन् । नेपाल पर्यटन बोर्ड, हायात प्यालेस, नेपाल टेलिकम, हाम्रो खेलकुद, फ्रन्टलाइन हस्पिटल र हन्ड्रेड स्पोर्टस पनि सहयोगीका रुपमा रहेका छन् । प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समापन युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले गर्ने जानकारी पत्रकार सम्मेलनमा दिइएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब २ करोड ७१ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ ।
प्रतियोगिता सम्पन्न गर्न आर्थिक व्यवस्थापन, प्रचारप्रसार, सुरक्षा व्यवस्थापन, प्राविधिक व्यवस्थापन, समारोह व्यवस्थापन, सांस्कृतिक कार्यक्रम व्यवस्थापन, अतिथी सत्कार व्यवस्थापन, भेन्यु व्यवस्थापन, सोभिनियर व्यवस्थपान र अनुसाशन समिति गठन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा महानगरले हटाएका कर्मचारी अदालतमा, दिएन अन्तरिम आदेश
-
विदेशी मुद्रा सहित एक जना पक्राउ
-
कीर्तिपुरमा विरासत जोगाउने र उल्टाउने चुनौतीमा कांग्रेस–एमाले, इतिहास रच्ने दाउमा माओवादी
-
‘बीबीए’ तहमा धौलागिरि क्याम्पसका छात्र रिजाल उत्कृष्ट
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)
-
बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित