ग्रिनल्यान्ड र भ्याली पब्लिक फाइनलमा

काठमाडौँ । ग्रिनल्यान्ड र भ्याली पब्लिक छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार फाइनलमा प्रवेश गरेका छन् ।
थ्री बाइ थ्रीको प्रतिस्पर्धामा ग्रिनल्यान्डले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २१–६ तथा भ्याली पब्लिकले एचएचसीएलाई ११–५ ले पराजित गरे ।
बसुन्धरास्थित आयोजक बसुन्धरा नेसनल एकेडेमी (बीएनए) को कोर्टमा भइरहेको प्रतियोगिताको सिनियर गल्र्समा भ्याली पब्लिक र पृथ्वीले उपाधि भिडन्त पक्का गरे ।
भ्याली पब्लिकले फेरिल्यान्डलाई ३०–१४ ले पराजित ग¥यो । भ्याली पब्लिकको जितमा मुस्कान गुरुङले १० अंक योगदान गरिन् । बबिता घिमिरेको १३ अंक सहयोगमा पृथ्वीले एचएचसीएलाई २४–१७ ल हरायो ।
एन्जल्स हार्ट र गोल्डेनपिक जुनियर ब्वाइजको उपाधिका लागि भिड्ने भएका छन् । एन्जल्स हार्टले आयोजक बीएनएलाई २१–१४ ले पाखा लगायो । एन्जल्स हार्टका रुपेश पौडेलले १३ स्कोर गरे । स्किब्स विरुद्धको खेलमा गोल्डेनपिक २३–१५ ले विजयी भयो । गोल्डेनपिकका अमन गुरुङले ९ अंक जोडे । तीनै स्पर्धाको फाइनल मंगलबार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणघाटमा सिद्धार्थ हस्पिटालिटीले सुरु गर्यो ‘सिद्धार्थ होटेल चितवन’
-
कर्तव्य ज्यान कसुरका फरार प्रतिवादी ३१ वर्षपछि पक्राउ
-
१३ दिनदेखि शिक्षकहरू सडकमै, विद्यार्थी भर्ना अभियान ‘भगवान् भरोसा’
-
मधेश प्रदेश : अवैध उत्खनन, खुला सिमाना तस्करी र दुर्व्यसनीको चपेटामा
-
बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु
-
आठ करोड बराबरको किताब बिक्री