सरकारले राम्रो काम गर्दा इमानदारितापूर्वक समर्थन गर्न डराउनुहुँदैन : पौडेल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सचिव एवम् सांसद देवेन्द्र पौडेलले सरकारले राम्रो काम गर्दा समर्थन गर्न डराउन नहुने टिप्पणी गरेका छन् । सोमबार संसदमा बोल्दै पौडेलले सत्तापक्ष र विपक्ष केही नभनेर राम्रो काम गर्ने सरकारलाई समर्थन गर्नुपर्ने बताए ।
‘नेपाली नागरिकलाई विदेशी बनाएर अर्को देशमा पठाउने गम्भीर खालको घटना सार्वजनिक भएको छ । कतिपय माननीयहरूले सरकारको भूमिकाको प्रश्न उठाउनुभएको छ । मैले सरकारलाई धन्यवाद दिन चाहन्छु । सरकारले राम्रो काम गर्दा इमानदारितापूर्वक समर्थन गर्न डराउनुहुँदैन’ पौडेलले भने, ‘यो भ्रष्टाचारको विषय सत्तापक्ष र प्रतिपक्षको विषय होइन । यो देशको साझा विषय हो ।’
के नेपाल सुशासन नभएको देश हो भन्दै पौडेलले प्रश्न गरेका छन् । ‘के यो देशमा न्याय लुटिएको हो ? के कानुन मरेको हो ? जिम्मेवारी समाप्त भएको हो ? के जबाफदेहिता नभएको देश हो ?’ पौडेलले प्रश्न गर्दै भने, ‘यी सबै हुन् भने भ्रष्टाचारको सवालमा साझा धारणा बनाएर जान जरुरी छ ।’ भुटानी प्रकरणको विषय उठेका बेला अन्य विषय झिकेर विषयान्तर नगर्न पौडेलले आग्रह गरे । भुटानी शरणार्थी प्रकरणमा सत्य तथ्य बुझेर सरकार सहित सम्बन्धित निकायलाई सहयोग पुर्याउनु पर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा