बिहीबार, १५ कात्तिक २०८१
ताजा लोकप्रिय

संसदमा आरजु राणाले भनिन्– मेरो चरित्रमाथि नै बलात्कार गरियो

सोमबार, ०१ जेठ २०८०, १५ : ०७
सोमबार, ०१ जेठ २०८०

काठमाडौँ । नेपाली कांग्रेसकी समानुपातिक सांसद आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा आफ्नो चरित्रहत्या मात्र नभई आफ्नो चरित्रमाथि नै बलात्कार भएको टिप्पणी गरेकी छिन् । 

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राणाले आफू सो प्रकरणमा सामेल भएको भन्दै आएको अडियो झुटो रहेको दाबी गर्दै प्रहरीले छानबिनमा तदारुकता नदेखाएको दाबी गरिन् । 

राणाले भनिन्–‘हाम्रो देशमा फेक न्युज र फेक मिडियाको परकाष्टै पुगिसकेको रहेछ । म त्यति सोसल मिडियामा एक्टिभ छैन । तर, यो देख्दा मलाई के लाग्यो भने हाम्रो देशमा हुने फेक मिडियाको कुनै न कुनै किसिमले सरकारको सुपरभिजन हुनुपर्‍यो । मैले ६ दिन अगाडि मेरो नाम लिएर भुटानी शरणार्थी प्रकरणमा इनभल्भ भनेर बनाइएको फेक अडिओ फोरेन्सिक टेस्टको लागि सीआईबी र साइबर क्राइम सेलमा दिएको थिएँ । त्यो दर्ता गर्न पनि मानिएको थिएन । साथीहरुले विश्वास गर्नु हुन्न होला, सत्तापक्षको यत्रो ठूलो नेताको श्रीमती भनेर । तीन घण्टा लाग्यो दर्ता गराउन । त्यसको पनि जवाफ म गृह मन्त्रालयबाट सोध्न चाहन्छु । अलमल किन थियो त दर्ता गर्न ?’

उनले अडियोमा अरुको नामपनि जोडिएपनि मेरो नाममात्र किन  उच्चरण हुन्छ भनेर प्रश्न गरिन । उनले आफ्नो चरित्र हत्यामात्र नभई चरित्रमाथि नै बलात्कार गरिएको टिप्पणी गरिन् ।  

सांसद राणाले भनिन्, ‘मलाई साँच्चै भन्ने हो भने एज अ वुमन यो एउटा क्यारेक्टर असासिनेसन होइन, दिस इज रेप अफ माई क्यारेक्टर । र यो चैँ म एकदम कडाइका साथ भन्छु वुमनलाई पोलिटिक्समा आउँदाखेरि सबै कुरा हामीले ब्यहोर्न सक्नु पर्छ । म ब्यहोरी राछु । तर सबै जनाको यो यस्तो किसिमको सबै महिला प्रति नगरियोस् यो देशमा । योभन्दा अगाडि पनि धेरै महिलालाई सुसाइट गर्नलाई फोर्स गरिएको छ मिडियाले । म चैँ त्यो भिक्टिम हुने महिला होइन । बट दिस इज अ रेप अफ माई क्यारेक्टर ।’ 

उनले सरकारले आफ्नो नाम जोडिएको टेपको सत्यतथ्य उजागर गर्दै दोषीमाथि कारबाहीको माग समेत गरेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप