नक्कली भुटानी शरणार्थी प्रकरण
म्याद थपका लागि टोपबहादुरलाई जिल्ला अदालत लगियो, हँसिलो मुद्रामा अभिवादन !
सोमबार, ०१ जेठ २०८०, १४ : ४३
१

काठमाडौँ । आइतबार राजधानीको बूढानीलकण्ठबाट पक्राउ परेका एमालेका सचिव टोपबहादुर रायमाझीलाई सोमबार म्याद थपका लागि अदालतमा उपस्थित गराइएको छ । सोमबार जिल्ला अदालत काठमाडौँमा म्याद थपका लागि उपस्थित गराइँदा टोपबहादुरको खातमा हतकडी लगाइएको थिएन । कोट पाइन्टमा सजिएका उनले सञ्चारकर्मी र उपस्थित समर्थकलाई अभिवादन गरेका थिए । अदालत परिसरमा टोपबहादुर तनावमुक्त र हसिलो मुद्रामा देखिन्थे ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा उनलाई प्रहरीले पक्राउ गरेको हो। ११ दिनदेखि फरार उनी आइतबारमात्रै पक्राउ परेपछि प्रहरीले म्याद दिएर अनुसन्धान अघि बढाउन लागेको हो । उनी यसअघि पक्राउ परेकाहरुको बयानका आधारमा पक्राउ परेका हुन् । हालसम्म यो प्रकरणमा पक्राउ पर्नेको संख्या १३ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बनेन शिक्षक फर्किने वातावरण, शिक्षा मन्त्रालयले सर्वोच्चलाई पठायो जवाफ
-
गगनविरूद्ध प्रधानमन्त्रीको अभिव्यक्ति र अवहेलना मुद्दा संयोग कि रणनीति ?
-
इरानको बन्दरगाहमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ४६ पुग्यो
-
कानुन नहुँदा मनोरञ्जनात्मक क्षेत्रका महिला श्रमिकलाई समस्या
-
राज्यले शिक्षकहरूमाथि गरेको बर्बरता काँग्रेसले सहन सक्दैन : डा.शेखर कोइराला
-
त्रिभुवन विश्वविद्यालयले ‘अङ्ग्रेजी भाषा शिक्षण र प्रायोगिक भाषा विज्ञान’ सम्मेलन गर्दै