हात हल्लाउँदै सरकारी वकिल कार्यालय पुगे रायमाझी, तस्बिरहरू
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोप लागेका पूर्वमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी लामो समयसम्म प्रहरीको फन्दाबाट भागेर बसे । पक्राउ पुर्जी जारी भएको ११ दिनपछि मात्र आइतबार साँझ प्रहरीले उनलाई बूढानीलकण्ठबाट पक्राउ गरेको थियो ।
अर्घखाँचीबाट ‘काठमाडौँ आउँछु’ भनेर वचन दिएका रायमाझी बुटवलबाट फरार भएका थिए । रायमाझी वैशाख ३० गते मात्र काठमाडौँ आएका थिए । काठमाडौँ आएर उनी आफन्तको घरमा लुकेर बसेका थिए ।
प्रहरीले सोमबार रायमाझीलाई म्याद थपका लागि बबरमहलस्थित सरकारी वकिल कार्यालय पुर्याएका थिए । प्रहरीको गाडीबाट उत्रने बित्तिकै हँसिलो मुद्रामा देखिएका रायमाझीले पत्रकारसमक्ष हात हल्लाउँदै तस्बिर खिचाएर कार्यालयभित्र प्रवेश गरेका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका अन्य आरोपीहरू मास्क र टोपीले मुख छोप्दै सार्वजनिक भइरहँदा टोपबहादुरको शैली भने फरक देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ : उद्योगमन्त्री भण्डारी
-
प्रसूति अस्पतालमा नवजात शिशुको वंशाणुगत रोगजन्य परीक्षण सेवाको उद्घाटन
-
विद्युत् खरिद सम्झौता खुला गर्नुपर्छ : इप्पान
-
तोकिएकै समयमा अधिवेशन गर्न दलित संघलाई नेता कोइरालाको सुझाव
-
दाउन्नेमा भासिएको सडक दुईतर्फी सञ्चालनमा
-
गाजास्थित मस्जिदमा भएको इजरायली आक्रमणमा २१ जनाको मृत्यु