‘नक्कली भुटानी शरणार्थी प्रकरण सामान्य भ्रष्टाचार नभई देशद्रोह’

काठमाडौँ । जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले नक्कली भुटानी शरणार्थी प्रकरण सामान्य भ्रष्टाचार नभई देशद्रोह भएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले सो प्रकरणका दोषीलाई कारबाहीको दायरामा ल्याउन पनि सम्बन्धित सबै पक्षले सक्रियतापूर्वक ध्यान दिनुपर्ने बताएका हुन् ।
सांसद यादवले भने, ‘अहिले सर्वाधिक चर्चाको विषय रहेको नक्कली भुटानी शरणार्थी प्रकरण छ । यसलाई सामान्य भ्रष्टाचार हो भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ । त्यसैले यो सामान्य भ्रष्टाचार होइन । यो देशद्रोह हो । यसले आज सबै राजनीतिक वृत्तमा एउटा अविश्वासको वातावरण सृजना गरेको छ । र, यसलाई त्यही रूपमा लिई यो राष्ट्रद्रोह हो । त्यही रूपमा लिई यसलाई दोषीलाई कानुनी कठघरामा ल्याउनका लागि सरोकारवाला पक्षले सक्रियतापूर्वक ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ ।’ उनले सो प्रकरणलाई निस्तेज पार्न ठुला दलका नेताहरू सक्रिय भइरहेको आशङ्का पनि व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपतिद्वारा ५ वटा विधेयक प्रमाणीकरण
-
गणतन्त्र जिन्दावादको नारा लगाउँदै धनकुटामा एमालेको मोटरसाइकल र्याली
-
सिस्नेरी खोलामा पौडी खेल्न पसेका ३ बालकको अचेत अवस्थामा उद्धार
-
प्राधिकरणका निर्देशकलाई कर्णालीका मुख्यमन्त्रीको फोनः कोहलपुर-सुर्खेत प्रशारण लाइनको विवाद सुल्झाउन आग्रह
-
त्रिचन्द्र क्याम्पसमा निर्वाचन अधिकृतमाथि मोसो किन दलियो ?
-
संघीय सरकारविरुद्ध बागमती सरकारले मुद्दा दायर गर्ने