टर्कीको राष्ट्रपति चुनावमा रन–अफको स्थिति, अब के होला ?

टर्कीमा राष्ट्रपति पदका लागि पुनः चुनाव हुनसक्ने स्थिति निम्तिएकाे छ । हालका राष्ट्रपति रेचेप तैय्यप अर्दोआन र उनका प्रतिद्वन्द्वी दुवैले जीत आफ्नो मुठ्ठीमा भएको दाबी गरिरहेका छन् ।
यसैबीच पछिल्लो २० वर्षमा सत्तामा आसिन अर्दोआनले आफ्नो पार्टीको मुख्यालयको बालकोनीबाट मानिसलाई अभिवादन गरिरहेको देखिएका छन् । उनले आफू एक पटक पुनः राष्ट्रपति चुनाव जित्ने दाबी गरिरहेका छन् ।
टर्कीमा चुनावी रन–अफ २८ मे मा हुनसक्छ । अर्थात्, यस दिन राष्ट्रपति चुनावका लागि पुनः भोट हाल्न सकिनेछ ।
अर्दोआनका प्रतिद्वन्द्वी कमाल कलचदारलुका लागि पनि चुनाव नतिजा अनुकूल रहेको छ र उनले पनि लगभग अर्दोआनको बराबर नै भोट हासिल गर्ने दाबी गरिरहेका छन् । तर अहिले नै नतिजा आइसकेको छैन ।
केही समय अघि देशको सर्वोच्च चुनाव परिषद्ले राष्ट्रपति चुनावमा अर्दोआनले ४९.४९ प्रतिशत भोट पाएको र उनका प्रतिद्वन्द्वी कमाल कलचदारलू ४४.७९ प्रतिशत भोटसहित दोस्रो स्थानमा भएको जानकारी दिएको छ । त्यति बेलासम्म राष्ट्रपति चुनावमा हालिएको भोटमध्ये ९१.९३ प्रतिशत मत गणना भइसकेको थियो ।
सोमबार कलचदारलू अंकारामा आफ्नो पार्टी मुख्यालयको स्टेजमा उभिए । यद्यपि, आफ्ना समर्थकले घेरिएका कलचदारलूको आत्मविश्वासमा थोरै कमी देखिएको थियो । उनले भने, ‘दोस्रो चरणको मतदान भए हामी निश्चित रूपमा नै जित्नेछौँ ।’
के हो रन–अफ ?
राष्ट्रपति पदका लागि भएको ९७.९५ प्रतिशत मतगणनापछि न त अर्दोआन न कमालले ५० प्रतिशत भोट हासिल गर्न सकेका थिए ।
अर्दोआनले ४९.४९ प्रतिशत र कमलले ४४.७९ प्रतिशत मत प्राप्त गरे । यसको मतलब कसैले पनि जितको दाबी गर्न सक्दैन । त्यसैले अब पुनः मतदान हुनेछ ।
कमालले यसको स्वागत गरेका छन् र दोस्रो चरणमा आफूले जित्ने बताएका छन् । तेस्रा उम्मेदवार सिनान ओगानले ५.२८ प्रतिशत भोट पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगा : लस पल्मस र रियाल भालाडोलिडले अंक बाँडे
-
महाकालीको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
बुण्डेस लिगामा बायर्न म्युनिखको अग्रता थप चुलियो
-
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
तुलसीपुर बजार क्षेत्रका विद्युत तार फेरियो
-
पर्यटन प्रवर्द्धन : मनकामनादेखि गोरखकाली मन्दिरसम्म पदयात्रा