मङ्गलबार, २५ असार २०८१
ताजा लोकप्रिय

सांसद गौतम आमरण अनसनमा बसेको गिरीले गराए जानकारी

सोमबार, ०१ जेठ २०८०, १३ : ३६
सोमबार, ०१ जेठ २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सांसद दीपक गिरीले कांग्रेस सांसद सञ्जय गौतम ३ दिनदेखि बर्दियाको जब्दी पुलमुनी आमरण अनसनमा बसेको संसदलाई जानकारी गराएका छन् । सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद गिरीले आफ्नो क्षेत्र र मुलुकबारे काम गराउन अनसनमा बस्नुपर्ने अवस्था आएको बताए । 
सांसद गौतम १५ सुत्रीय मात्र राखेर जब्दी पुलमुनी आमरण अनसनमा बसेको जानकारी गराउँदै हुनुपर्ने काम नभएपछि सांसदहरु आमरण अनसनमा बस्नुपर्ने अवस्था आएको उल्लेख गरे । 

उनले भने– ‘अब विकासको काम गराउन पनि आमरण अनसन बस्नुपर्ने अवस्था आएको छ । यहाँ नजिकै नगरकोटको सडक कहिल्यै बन्दैन, पप्पु कन्स्ट्रक्सनले ७ बर्षदेखि थालेको जब्दी पुल बन्दैन, उदयपुरको त्रियुगा पुल बन्दैन । संखुवासभाको अरुण पुल बन्दैन । दाङकै कोथरी पुल बन्दैन, अब सुरुवात भयो आमरण अनसन बस्नुपर्ने तर सरकारले आँखा लगाउँदैन ।’ उनले सांसद सञ्जय गौतम ३ दिनदेखि आमरण अनसनमा बसेको बताउँदै अरु सांसदहरु पनि आमरण अनसनमा बस्नुपर्ने अवस्था नआओस् भन्दै कामना गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप