रौतहटमा विभिन्न कार्यक्रम गरी मनाइयो ट्राफिक सप्ताह
रौतहट । रौतहटमा विभिन्न कार्यक्रम गरी ट्राफिक सप्ताह मनाइएको छ । जिल्ला ट्राफिक कार्यालय रौतहटको आयोजनामा ट्राफिक सप्ताह मनाइएको हो । ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत सोमवार बिहान सदरमुकाम गौरमा प्रभातफेरी कार्यक्रम गरिएको थियो। प्रभातफेरी कार्यक्रममा स्थानीय प्रशाशन, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालय, नेपाली सेना, विभिन्न सरकारी कार्यालयका पदाधिकारी, जनप्रतिनिधि तथा विभिन्न विद्यालयका छात्रछात्रा तुल ब्यानरसहित सहभागी भएका थिए ।
प्रभाताफेरी कार्यक्रमपछि आयोजित समारोहको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र र रौतहट प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले संयुक्त रूपमा उदघाटन गरे । सो अवसरमा प्रमुख अतिथि मिश्रले दुर्घटनाबाट कसरी जोगिने भन्ने सांकेतिक सन्देश दिन मोटरसाइकल चालकलाई हेलमेट लगाइदिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मिश्र र एसपी बुढामगर लगायतका वक्ताहरुले ट्राफिक नियमको पालना गरेर मात्र सुरक्षित यात्रा गर्न सकिने कुरामा जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भयो : महासचिव पोखरेल
-
बालेन शाहले एमालेसँग १ लाख भिख मागे : महेश बस्नेत
-
रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी
-
रुसी आक्रमणको धम्कीपछि युक्रेनी संसदको बैठक स्थगित
-
अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा
-
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदै